News Portal

सिर्जना वाचन डबलीद्वारा अतिथिहरुलाई श्रस्टा सम्मान

हिमालीसंचार संवाददाता
४९८ पटक

आरपी सहयात्री युएई– युएईको नेपाली साहित्यिक क्षेत्रमा सक्रिय साहित्यिक संस्था सिर्जना वाचन डबलीले आफ्नो कार्यक्रममा सहभागी अतिथिहरुलाई प्रशंशापत्रले सम्मान गरेको छ । आफना सिर्जना सुनाउने र अरुका रचना सुन्ने एक अन्तर्कियात्मक कार्यक्रम गर्दै आएको यो साहित्यिक समुहले विगतका आफ्ना भौतिक र भर्चुअल कार्यक्रममा सहभागी ३४ जना विविध विधाका व्याक्तित्वहरुलाई सम्मान गरेको डबलीका संस्थापक साहित्यकार टक गुरुङले जानकारी दिएका छन् ।

यसरी सम्मानित हुनेगरुमा साहित्यकारदेखि लिएर पत्रकार र गायक समेत रहेको कार्यक्रम प्रस्तोता तथा युवा कवि श्री भवानी नेपालले बताएका छन् । डबलीका विगतका कार्यक्रमहरुमा विविध विधामा कार्यरत अतिथिलाई प्रत्यक्ष वा अनलाइन विधिबाट निम्त्याएर योगदान गर्नेहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो’, सञ्जय सुमन, आँचल कुमार शर्मा, बादल शाही ,शंकर चोखाल , श्रीकृष्ण लुईँटेल ‘बोकेदाह्री’, मीना श्रेष्ठ, कृष्ण पराजुली, डि.एन मगर ‘उपहार’, विनय सरगम ,किरण सिवा, रोमु अधिकारी, अनन्त अनुराग, जनक कार्की ,दीक्षा भण्डारी ‘जानू’, मन्जुश्री गिरी ,तिला लेकाली, प्रदिप रोदन, राजन नेपाल, दुष्यन्त भट्टराई ,माधव बिडारी, बिकेश कविन , सुदर्शन पौडेल, अच्युत घिमिरे ‘बुलबुल’ , जे सागर, रामप्रसाद ढुंगेल, नरेश सेन, सावित्रा अधिकारी, रोशन परियार, परिक्रमा श्रेष्ठ कुमार प्रधान ‘कल्पित’, राजेशराज गड्तौला  सुमित्रा सुमी, किशोर कोइराला  दीपक मुडभरी ‘मित्र’ रहेका छन् ।

कार्यक्रमको पहिलो शृङ्खलादेखि २५ औं शृङ्खलासम्मका अतिथिहरुलाई कदर स्वरूप सम्मान गरिएको कार्यक्रमका संयोजक तथा गजलकार जे सागरले जनाएका छन् । सन् २०१४ को अन्त्यमा शुरु भएको यो साहित्यिक अभियान अहिले कोरोना कहरबीच पनि निरन्तर सुचारु रहेको छ । कुनै पद विभाजन नगरी, आसनग्रहणको लम्बेतान शैलीलाई परिमार्जन गरी नेपाली साहित्यका विविध विधालाई मलजल गर्ने यो समूहले नेपालबाट साहित्यकार तथा गायकहरुलाई युएई ल्याएर स्तरीय कार्यक्रमहरु सम्पन्न गरेको छ ।

कोरोनाको फैलावटले खुम्चिएका हरेक क्षेत्रमध्ये साहित्यिक क्षेत्रको गोडमेल गर्न सिर्जना वाचन डबलीलाई जीवन्तता दिन श्री भवानी नेपालले सातामा एक दिन नियमित रुपमा अनलाइन कार्यक्रम संचालन गरेका छन् । नवीन जमघट स्थल हो । अक्षरहरुको आवाज लिएर साहित्यका कविता गजल, मुक्तक, लघुकथा आदि विविध विधामा समसामयिक रचना सुन्न र सुनाउन पाइने यो समूहले विगत ६/७ वर्ष अगाडिदेखि आफुलाई क्रियाशील बनाएको छ । कुनै समय नेपालबाट साहित्यकार तथा गायकहरु बोलाएर कार्यक्रम गर्ने हैसियत बनाएको यो समुह हाल कोरोनाको महामारीको परिवर्तित वातावरण बीचमा पनि अनलाइनको माध्यमबाट उतिकै सक्रिय र जागरुक छ । साहित्य वा अन्य विधामा कार्यरत स्वदेश तथा विदेशमा कार्यरत सर्जकहरुलाई साप्ताहिक रूपमा बुधबार नेपाली समय ५ बजेदेखि भर्चुअल विधिमार्फत कार्यक्रम प्रस्तोता श्री भवानी नेपालले अतिथिका रूपमा आमन्त्रित गरेर सूचना, जानकारी र साहित्यिक खुराक पस्किरहेको यो समुहमा गजलकार घायल दिपक कार्कीले पनि शनिबार फेसबुक लाईभ मार्फत कार्यक्रम गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...