News Portal

ओलीले जेठ १५ अगावै संसद विघटन गर्ने बूढानीलकण्ठ बैठकको आँकलन

विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल

हिमालीसंचार संवाददाता
४९२ पटक

काठमाडौं – नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष)का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन्। तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो।

बूढानीलकण्ठ बैठकको विश्लेषण सुनाउँदै एक नेताले रातोपाटीसँग भने, ‘अब केपी ओलीले विश्वासको मत लिनका लागि जेठ अन्तिमसम्म कुर्दैनन्, जेठको पहिलो साता नै संसद अधिवेशन बोलाउने तयारी थालिएको छ, १५ गते अगावै विश्वासको मत माग्छन् र बहुमत नपाए धारा ७६ (५) मै नगई संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउँछन्।’

ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आकलन छ। स्रोतले भन्यो, ‘उनलाई बहुमत चाहिएकै छैन, त्यसैले महन्थ ठाकुरलाई तटस्थ नै राखेर माधव पक्षलाई पनि राजीनामा दिनबाट रोकेर संसदमा कसैको बहुमत पुग्न नदिने ओलीको रणनीति छ।’

ओलीको विकल्पमा बहुमत जुटाउन नसकेका नेताहरुको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको एक नेताले बताए। विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ।

यद्यपि माधव नेपाल र महन्थ ठाकुरसँग सम्वाद जारी राख्न नेताहरु सहमत भएको स्रोतले बतायो। साथै, देशमा बढिरहेको कोरोना महामारीको विरुद्धमा पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारलाई पनि घच्घच्याउने निर्णय भएको ती नेताले बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...