News Portal

कोभिडको महामारीमा सरकारको ध्यान कता ?

त्रिभुवन अधिकारी
७४२ पटक

गंगाजमुना, धादिङ-दिनदिनै मान्छे मरेको बढदै छ भने, सरकारलाई कुनै मतलब नै छैन। कुर्सीको लागि तीन करोड नेपाली जनताको जीबनमाथी खेलबाड गर्ने अधिकार कस्ले दियो ? बिमारीलाई अस्पतालमा ठाउँ नपाएर तड्पिएर मर्नु परेको छ। अक्सिजन छैन, सरकार भने रमिता हेरेर बसेको छ।

करोडौं अरबौकाे पैसा सहयोग आउँछ तर त्यो सरकारको आफन्त र आसेपासेको लागि मात्र हुन्छ। गरिब जनताको लागि कस्ले गर्ने उपचार ? आफ्नो परिबारको लागि कयौं दाजुभाई दिदिबहिनी बिदेशीनु परेको छ। अनि त्यहि बिदेशबाट पठाएको रेमिटेन्सले यो देशको कर्मचारी नेताहरुलाई तलब भत्ता दिएर राखेको छ भने, गरिब जनता उपचार नपाई मरिररेका छन।

यस्तो महामारीमा पनि कोभिड-१९ को औषधि ल्याउने क्रममा हाम्रा महाराज नेपाल सरकारले ३५ करोड भ्रष्टाचार गर्न लागेर नेपाली जनताको जीवनमाथी ठूलो घात गरेको छ। हाम्रा प्रधानमन्त्री खड्का प्रसाद ओलीले म भ्रष्टाचार भएको देख्न र हेर्न सक्दिन भनेका थिए तर, आफनै सहकर्मी मित्रले भ्रष्टाचार गरेर नेपाली जनताको जीवनमाथी खेलबाड गर्दा पनि केही कारबाही नै छैन आफै चोर आफै पुलिस।

प्रधानमन्त्री केपि ओली राणाशाशन र अहिलेको शासनमा केही फरक छैन। उहिले राणाले पनि द्म्भ अत्याचार आतंककारीको जस्तो व्यवहार गर्थें भने, अहिलेको केपी ओली सराकारले पनि जनतामाथी दम्भ अत्याचार आतंककारीको जस्तो ब्यबहार गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...