News Portal

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले स्वयंसेवक नियुक्ति ग’यो

हिमालीसंचार संवाददाता
५८४ पटक

खोटाङ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले प्रत्येक वडामा वाहिर जिल्लादेखि गाँउपालिका प्रवेश गर्ने हरेक नागरिकका लागि अनुगमन गर्ने १ जना स्वयंसेवक प्रत्येक वडामा नियुक्त गरेको छ ।

दोस्रो लहरमा नयाँ कोरोना भाइरस युके भेरियन्ट नामको कोरोना भाइरस तिव्ररुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले मासिक सेवा-सुविधा दिनेगरी हरेक वडामा १/१ जना स्वयंसेवक नियुक्त गरेको हो । कोरोना भाइरसको महामारी न्यूनीकरण गर्नका लागि पालिकाको सबै वडाहरुमा स्वयंसेवक नियुक्त गरिएको गाउँपालिका श्रोतले बताए । 

पालिकाभन्दा बाहिरबाट हरेक गाउँ भित्रिने हरेक व्यक्ति होम क्वारेन्टिनमा बसे/नवसेको अनुगमन गरी सोको जानकारी वडा तथा पालिकालाई जानकारी गराउने उदेश्यका साथ स्वयंसेवक नियुक्ति गरिएको हो। त्यस्तै, हरेक वडामा आइसोलेसन सेन्टर निर्माणका लागि पहल र समन्वय गर्ने, कोरोना भाइरसबाट बच्न र बचाउनका लागि सचेतनामुलक गतिविधिलाई टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका लागि स्वयंसेवक नियुक्त गरिएको हो ।

उक्त स्वयंसेवकलाई मासिक १५ हजार सेवा-सुविधा दिने शर्तमा सम्वन्धित वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले हरेक वडामा १ जना स्वयंसेवक’ नियुक्ति गरिएको पालिकाले जनाएको छ । 

यस्तै, स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट चुडामणी जैसीलाई कोभिड फोकल पर्सन तोक्ने, फोकल पर्सनलाई प्रोत्साहन स्वरुप खाइपाइ आएको मासिक तलव भत्ताको २० प्रतिशत बराबरको हुन आउने रकम कोभिड कोषबाट उपलव्ध गराउने, क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मीलाई खटिएको दिनको दैनिक १ हजार प्रोत्साहन स्वरूप भत्ता दिने, प्रत्येक वडाको स्वास्थ्यचौकीमा कोरोना हेल्थडेस्क निर्माण गर्ने, बाक्सिलास्थित बुद्धबजारमा आइसोलेसन वार्ड निर्माण गर्ने समेत गाउँपालिका श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...