News Portal

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले स्वयंसेवक नियुक्ति ग’यो

हिमालीसंचार संवाददाता
६३८ पटक

खोटाङ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले प्रत्येक वडामा वाहिर जिल्लादेखि गाँउपालिका प्रवेश गर्ने हरेक नागरिकका लागि अनुगमन गर्ने १ जना स्वयंसेवक प्रत्येक वडामा नियुक्त गरेको छ ।

दोस्रो लहरमा नयाँ कोरोना भाइरस युके भेरियन्ट नामको कोरोना भाइरस तिव्ररुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले मासिक सेवा-सुविधा दिनेगरी हरेक वडामा १/१ जना स्वयंसेवक नियुक्त गरेको हो । कोरोना भाइरसको महामारी न्यूनीकरण गर्नका लागि पालिकाको सबै वडाहरुमा स्वयंसेवक नियुक्त गरिएको गाउँपालिका श्रोतले बताए । 

पालिकाभन्दा बाहिरबाट हरेक गाउँ भित्रिने हरेक व्यक्ति होम क्वारेन्टिनमा बसे/नवसेको अनुगमन गरी सोको जानकारी वडा तथा पालिकालाई जानकारी गराउने उदेश्यका साथ स्वयंसेवक नियुक्ति गरिएको हो। त्यस्तै, हरेक वडामा आइसोलेसन सेन्टर निर्माणका लागि पहल र समन्वय गर्ने, कोरोना भाइरसबाट बच्न र बचाउनका लागि सचेतनामुलक गतिविधिलाई टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका लागि स्वयंसेवक नियुक्त गरिएको हो ।

उक्त स्वयंसेवकलाई मासिक १५ हजार सेवा-सुविधा दिने शर्तमा सम्वन्धित वडा कार्यालयले गरेको सिफारिसका आधारमा गाउँपालिकाले हरेक वडामा १ जना स्वयंसेवक’ नियुक्ति गरिएको पालिकाले जनाएको छ । 

यस्तै, स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट चुडामणी जैसीलाई कोभिड फोकल पर्सन तोक्ने, फोकल पर्सनलाई प्रोत्साहन स्वरुप खाइपाइ आएको मासिक तलव भत्ताको २० प्रतिशत बराबरको हुन आउने रकम कोभिड कोषबाट उपलव्ध गराउने, क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मीलाई खटिएको दिनको दैनिक १ हजार प्रोत्साहन स्वरूप भत्ता दिने, प्रत्येक वडाको स्वास्थ्यचौकीमा कोरोना हेल्थडेस्क निर्माण गर्ने, बाक्सिलास्थित बुद्धबजारमा आइसोलेसन वार्ड निर्माण गर्ने समेत गाउँपालिका श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...