News Portal

माधव कुमार नेपाल निर्णायक !

हिमालीसंचार संवाददाता
८०४ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने एमालेका नेता माधवकुमार नेपालपक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ।

नेपाल र उनीपक्षीय नेताहरूसँग केही दिनयता एमालेकै ओली पक्ष, नेपाली कांग्रेस र माओवादीले व्यापक संवाद गरिरहेका छन्। ओली र नेपाल पक्षका केही नेताबीच संवाद भइरहँदा स्वयं नेपाल भने कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग आगामी योजनाबारे छलफलमा थिए।

नेपाल स्वयंले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेकाले उनको मन अरू दलहरूसँगै गठबन्धन गर्नेतिर सोझिएको छ। दोस्रो पुस्ताका नेताहरू सकेसम्म एमाले नै मिलाउनुपर्छ भन्ने छलफलमा छन्। अब विश्वासको मत लिन तयार ओली या अविश्वासको प्रस्ताव दर्ता गर्न ठिक्क परेका कांग्रेस सभापति शेरबहादुर देउवा कसको पल्ला भारी हुन्छ नेपाल समूहले गर्ने निर्णयमा भर पर्ने देखिएको छ।

नेपाल पक्षले सबैतिर समानान्तर संवाद गरिरहेको नेपाल पक्ष भने कुन बाटो रोज्ने भन्ने निर्णयमा पुगिसकेको छैन। यो समाचार कान्तिपुर दैनिकमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...