News Portal

नेपाल तरुण दल सुनसरी २४ घण्टै जनतालाई सहयोग गर्न तयार- सभापति सिजन गुरुङ

हिमालीसंचार संवाददाता
१२४९ पटक

सुनसरी– सुनसरी बढ्दो कोभिड १९  प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी रहेको जनाउदै कोभिड १९ को नयाँ भेरियन्टबारे जिल्लावासीलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा सर्तक रहन आग्रह गर्दै नेपाल तरुण दल सुनसरी सचेतना अभियान सोमबारबाट शुरु गरेको छ।

अभियानमा मास्क, ग्लोब्स र सेनिटाईज वितरण गरिएका छ । सुनसरी सभापति सिजन गुरुङको नेतृत्वमा जिल्लाका इनरुवा , रामधुनी , धरान , बराहक्षेत्र ,दुहवी लगायतका स्थानहरुमा तरुण दलका स्थानीय नेताहरुको सक्रियतामा मास्क सेनिटाइजर विभिन्न गर्न थालिएको हो । कोभिड १९, कोरोना महामारीबाट थलिएको आफ्नो जिल्लालाई सचेत बनाउदै यो अवस्थाका कारण समस्यामा परेका जिल्लावासीलाई २४ घण्टे हेल्प डेस्क समेत शुरु गरेको छ ।

स्वास्थ्य, खाद्यन्य एवं अन्य अत्यावश्यक सहयोगका लागि जुनसुकै समयमा पनि उपलब्ध मोबाईल नंम्वरमा फोन गर्न वा उनलाई सिधैं भेट्न सकिने, बताएका छन् । अध्यक्ष सिजन गुरुङ द्धारा जारी प्रेस नोट : बढ्दो कोभिड १९ को प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी छ ।

यो अत्यन्तै पीडादयी परिस्थीति र समस्यामा हामी तपाईको स्वस्थ्य र जीवन प्रति संवेदनशील र चिन्तित छौं । यसर्थ, आजकै मितिबाट नेपाल तरुण दल सुनसरीले जिल्लाका सबै क्षेत्र, सबै नगर र गाउँमा एकैसाथ निःशुल्क मास्क, ग्लोब्स र सेनिटाईजर बितरण अभियान सुरु गरेको छौं । यसको उद्देश्य तपाईलाई जनचेतना जगाउन र सचेत गराउनका लागि हो । तसर्थ, यस अभियानलाई सफल बनाउनका लागि तपाईबाट आवश्यक सहयोग पुराईदिनका लागि हार्दिक विनम्र अनुरोध गदछौं।

साथै, यो विषम परिस्थीतिमा अत्यावश्यक काम बाहेक घरबाहिर नजान आग्रह गर्दछु । यदि तपाई वा तपाईको परिवारमा स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या देखिए नजिककैको स्वास्थ्व चौंकी वा चिकित्सकसँग सम्पर्क गर्नुहोला । वा, स्वास्थ्य या कुनै पनि किसिमका अत्यावश्यक सहयोग चाहिएको खण्डमा तपाईले म वा नेपाल तरुण दल सुनसरीलाई जुनसुकै समयमा पनि मोबाईल सम्पर्क गरि सहयोग लिन सक्नुहुनेछ ।

जनताका निम्ति समर्पित यो जीवनमा यस्तो भयवह परिस्थीतिमा जनता पीडा र दुखमा रहेकोले बिना कुनै राजनीतिक स्वर्थ र फाईदाका यो सहयोग गरिएको समेत स्पष्ट पार्न चाहान्छु । यो बेला हाम्रौं ध्यान मात्र मानव रक्षा र समवेद्नामा छ । कृपर्या तपाई सर्तक र सचेत रहनुहोला । धन्यवाद ।

सम्पर्क नम्बर = 9851022021 सिजन गुरुङ

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...