News Portal

देवरसँग मिलेर श्रीमतीले श्रीमानकाे हत्या गरेपछि..

हिमालीसंचार संवाददाता
६५० पटक

हदिश खुद्दार,जनकपुरधाम। धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशीलादेवी मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले घरेलु हतियार चक्कु प्रहार गरी हत्या गरेका छन्।

शुक्रबार मध्यरातमा भएको घरायसी विवादमा तीनैजनाले मिलेर कुटपिट गरी धारिलो हतियार प्रहार गरेर शम्भुको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। मृतक मण्डलको घाँटी र शरीरका विभिन्न भागमा काटिएको छ।

श्रीमती सुशीलाको आफ्नै देवरसँग अवैध सम्बन्ध रहेको र श्रीमानले थाहा पाएपछि घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मृतक मण्डलको शव पोस्टमर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिरएको छ।

यता, घटनामा संलग्न सुशीला, जय मण्डल र अनिल मण्डल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...