News Portal

देवरसँग मिलेर श्रीमतीले श्रीमानकाे हत्या गरेपछि..

हिमालीसंचार संवाददाता
७३८ पटक

हदिश खुद्दार,जनकपुरधाम। धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशीलादेवी मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले घरेलु हतियार चक्कु प्रहार गरी हत्या गरेका छन्।

शुक्रबार मध्यरातमा भएको घरायसी विवादमा तीनैजनाले मिलेर कुटपिट गरी धारिलो हतियार प्रहार गरेर शम्भुको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। मृतक मण्डलको घाँटी र शरीरका विभिन्न भागमा काटिएको छ।

श्रीमती सुशीलाको आफ्नै देवरसँग अवैध सम्बन्ध रहेको र श्रीमानले थाहा पाएपछि घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मृतक मण्डलको शव पोस्टमर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिरएको छ।

यता, घटनामा संलग्न सुशीला, जय मण्डल र अनिल मण्डल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...