News Portal

संयुक्त राष्ट्र संघले माग्यो दुबईकी राजकुमारी लतीफा जीवित रहेको प्रमाण

हिमालीसंचार संवाददाता
४७८ पटक

एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ।

राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये एक हुन्। उनी दुबईका शासक तथा यूएईका उप–राष्ट्रपति पनि हुन्।

जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरुले मंगलबार एक बयान जारी गर्दै राजकुमारी लतीफालाई तुरुन्त रिहा गर्न माग गरेको छ। राजकुमारी लतीफाले सन् २०१८ मा दुबईबाट भाग्ने प्रयास गरेकी थिइन्। तर, उनको प्रयास असफल भएको छ।

दुबईको शाही परिवारले यसअघि लतीफा सुरक्षित रहेको र उनको घरमा नै देखभाल गरेर राखिएको बताएको थियो। यद्यपि, संयुक्त राष्ट्र संघले लतीफाको बारेमा थप जानकारी माग गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघका विशेषज्ञहरूले पुनः यूएईको सरकारलाई लतीफाबारे सार्थक सूचना दिन माग गरेको छ। शाही परिवारले ‘घरमा उनको देखभाल गरिरहेको’ भन्ने जवाफ पर्याप्त नभएको उनीहरुको भनाइ छ। – बीबीसी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...