News Portal

संयुक्त राष्ट्र संघले माग्यो दुबईकी राजकुमारी लतीफा जीवित रहेको प्रमाण

हिमालीसंचार संवाददाता
५६० पटक

एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ।

राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये एक हुन्। उनी दुबईका शासक तथा यूएईका उप–राष्ट्रपति पनि हुन्।

जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरुले मंगलबार एक बयान जारी गर्दै राजकुमारी लतीफालाई तुरुन्त रिहा गर्न माग गरेको छ। राजकुमारी लतीफाले सन् २०१८ मा दुबईबाट भाग्ने प्रयास गरेकी थिइन्। तर, उनको प्रयास असफल भएको छ।

दुबईको शाही परिवारले यसअघि लतीफा सुरक्षित रहेको र उनको घरमा नै देखभाल गरेर राखिएको बताएको थियो। यद्यपि, संयुक्त राष्ट्र संघले लतीफाको बारेमा थप जानकारी माग गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघका विशेषज्ञहरूले पुनः यूएईको सरकारलाई लतीफाबारे सार्थक सूचना दिन माग गरेको छ। शाही परिवारले ‘घरमा उनको देखभाल गरिरहेको’ भन्ने जवाफ पर्याप्त नभएको उनीहरुको भनाइ छ। – बीबीसी

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...