News Portal

नेपालको पहिलो अभिनेत्री भुवन चन्द भन्छिन्- राजा महेन्द्रले तारिफ गर्दा स्वर्गै पुगेजस्तो भयो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५३७ पटक

विवेक राई,काठमाडौं – भुवन चन्द नेपालकी पहिलो अभिनेत्री हुन्। उनले वि.सं २०२१ सालमा निर्मित ‘आमा’ चलचित्रमा पहिलोपटक अभिनय गरेकी थिइन्। तर पहिलोपटक आफूले अभिनय गरेको चलचित्रको ‘प्रिमियर सो’ नै चन्दले हेर्न पाइनन्। एउटा कार्यक्रमका लागि चीन जानुपरेकाले ‘प्रिमियर’ मा सहभागी हुन नपाएको उनले सुनाइन्।

फिल्मको ‘प्रिमियर’ भने तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। फिल्म हेरेपछि राजाले आफ्नो अभिनयबारे तारिफ गर्नुभएको भन्दै भुवनले त्यो बेलाको घटना सुनाइन्, ‘राजाबाट धेरै नै मेरो तारिफ भएको थियो रे। हाम्रो भुवनले पनि भारतको कलाकारभन्दा कम त गरेको रैनछ नि भन्ने कुरा गर्नुभयो भन्ने सुनेपछि त स्वर्गमा पुगेजस्तो भयो।’

‘आमा’ चलचित्रपछि भने चन्दले ‘हिजो आज भोलि’ नामक चलचित्रमा अभिनय गरिन्। त्यसपछि भने उनको फिल्मको अभिनय यात्रामा ब्रेक लाग्यो।
अहिले उमेरले ६० काटेकी चन्द फेरि अभिनयमा फर्किएकी छन्। उनी ‘दृष्टी’ नामक टेलिश्रृंखलामा आवद्ध छिन्।

हेर्नुस् उनै चन्दसँग सेतोपाटीका विवेक राईले कुराकानी गरेर तयार पारेको यो भिडियो:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...