News Portal

नेपालको पहिलो अभिनेत्री भुवन चन्द भन्छिन्- राजा महेन्द्रले तारिफ गर्दा स्वर्गै पुगेजस्तो भयो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६१६ पटक

विवेक राई,काठमाडौं – भुवन चन्द नेपालकी पहिलो अभिनेत्री हुन्। उनले वि.सं २०२१ सालमा निर्मित ‘आमा’ चलचित्रमा पहिलोपटक अभिनय गरेकी थिइन्। तर पहिलोपटक आफूले अभिनय गरेको चलचित्रको ‘प्रिमियर सो’ नै चन्दले हेर्न पाइनन्। एउटा कार्यक्रमका लागि चीन जानुपरेकाले ‘प्रिमियर’ मा सहभागी हुन नपाएको उनले सुनाइन्।

फिल्मको ‘प्रिमियर’ भने तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। फिल्म हेरेपछि राजाले आफ्नो अभिनयबारे तारिफ गर्नुभएको भन्दै भुवनले त्यो बेलाको घटना सुनाइन्, ‘राजाबाट धेरै नै मेरो तारिफ भएको थियो रे। हाम्रो भुवनले पनि भारतको कलाकारभन्दा कम त गरेको रैनछ नि भन्ने कुरा गर्नुभयो भन्ने सुनेपछि त स्वर्गमा पुगेजस्तो भयो।’

‘आमा’ चलचित्रपछि भने चन्दले ‘हिजो आज भोलि’ नामक चलचित्रमा अभिनय गरिन्। त्यसपछि भने उनको फिल्मको अभिनय यात्रामा ब्रेक लाग्यो।
अहिले उमेरले ६० काटेकी चन्द फेरि अभिनयमा फर्किएकी छन्। उनी ‘दृष्टी’ नामक टेलिश्रृंखलामा आवद्ध छिन्।

हेर्नुस् उनै चन्दसँग सेतोपाटीका विवेक राईले कुराकानी गरेर तयार पारेको यो भिडियो:

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...