News Portal

गेउरिया पुलकाे निर्माण कार्य कछुवाकाे गतिमा

हिमालीसंचार संवाददाता
४४३ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिकाकाे मुख्य समचार बन्दै आईरहेकाे छ ।

उक्त पुलकाे समचार कार्तिक महिनामा तयार पार्दा साे पुल चैत्र मसान्तसम्म सम्पुर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि अहिले साे पुलकाे दुवै पिलर मात्रै बनाएर छाडेका छन । पिलर बनाएकाे एक महिना बितिसक्दा बाँकी काम भने अझै सुरु हुन सकेको छैन । सुरुमा कामकाे गति द्रुतगतिमा भएकाे थियोे र त्यस बेला चैत्र महिना देखि उक्त पुल पुर्ण रुपमा सन्चालन आउने ठुलाे आशा थियोे । तर अहिले पुलकाे काम कछुवाकाे गतिमा काम भएको भईरहेकाे र यहि तरिका हाे भने यस बर्ष पनि वर्षको महिनामा आफूहरुले दुख पाउने स्थानीय दुर्ग रेग्मीले बताए ।

बिगत ६ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि ६ महिना अगाडि देखि पुल निर्मण सुरु भएता पनि चैत्र महिना देखि पुनः सुस्त गतिमा पुलकाे निर्माण भईरहेकाे स्थानीय गणेश दहालले बताए । सडक डिभिजन कार्यलय माेरङका प्रमुख पशुपति ज्ञवालीले उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेविलाई कडा निर्देशन दिएकाे र काम समेत सुरु भएको तर पुनः कामले भने गति लिन सकेको छैन । उक्त पुलकाे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले ठेेेक्का पाएकाे थियोे ।

१५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँमा ठेक्का पाएकाे थियोे । सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीले चैत्र महिना सम्म पुलकाे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखिसाे पुलबाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हाल सम्म उक्त पुलकाे पिलर मात्रै उठाएर छाडेकाे देखिन्छ । यसरी ठेक्केदारकाे लापरबाहीका कारण समय अबधिमा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनी लाई किन सडक बिभागका प्रमुखहरुकाे ध्यानाकर्षण नहुदा स्थानीयले बर्षाे देखि सास्ती भाेग्न बाध्य भएका छन ।

साे पुल निर्माणकार्य गर्नेका लागि साता दिन अगाडि ल्याएकाे १ सय बाेरा सिमेन्ट समेत अधिकान्स डल्लाे परेकाे ड्यामेज समेत भएको भेटिएको छ । उक्त कम्पनी  पुनः साेहि सिमेन्ट प्रयोग गर्ने सक्ने भन्दै समयमै स्थानीयले सजक हुनुपर्ने समेत देखिन्छ । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्सित भएका थिए तर अहिले आएर भने पुलकाे काम कछुवाकाे गतिमा भईरहेकाे छ ।

 

 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...