News Portal

गेउरिया पुलकाे निर्माण कार्य कछुवाकाे गतिमा

हिमालीसंचार संवाददाता
४०१ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिकाकाे मुख्य समचार बन्दै आईरहेकाे छ ।

उक्त पुलकाे समचार कार्तिक महिनामा तयार पार्दा साे पुल चैत्र मसान्तसम्म सम्पुर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि अहिले साे पुलकाे दुवै पिलर मात्रै बनाएर छाडेका छन । पिलर बनाएकाे एक महिना बितिसक्दा बाँकी काम भने अझै सुरु हुन सकेको छैन । सुरुमा कामकाे गति द्रुतगतिमा भएकाे थियोे र त्यस बेला चैत्र महिना देखि उक्त पुल पुर्ण रुपमा सन्चालन आउने ठुलाे आशा थियोे । तर अहिले पुलकाे काम कछुवाकाे गतिमा काम भएको भईरहेकाे र यहि तरिका हाे भने यस बर्ष पनि वर्षको महिनामा आफूहरुले दुख पाउने स्थानीय दुर्ग रेग्मीले बताए ।

बिगत ६ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि ६ महिना अगाडि देखि पुल निर्मण सुरु भएता पनि चैत्र महिना देखि पुनः सुस्त गतिमा पुलकाे निर्माण भईरहेकाे स्थानीय गणेश दहालले बताए । सडक डिभिजन कार्यलय माेरङका प्रमुख पशुपति ज्ञवालीले उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेविलाई कडा निर्देशन दिएकाे र काम समेत सुरु भएको तर पुनः कामले भने गति लिन सकेको छैन । उक्त पुलकाे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले ठेेेक्का पाएकाे थियोे ।

१५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँमा ठेक्का पाएकाे थियोे । सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीले चैत्र महिना सम्म पुलकाे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखिसाे पुलबाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हाल सम्म उक्त पुलकाे पिलर मात्रै उठाएर छाडेकाे देखिन्छ । यसरी ठेक्केदारकाे लापरबाहीका कारण समय अबधिमा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनी लाई किन सडक बिभागका प्रमुखहरुकाे ध्यानाकर्षण नहुदा स्थानीयले बर्षाे देखि सास्ती भाेग्न बाध्य भएका छन ।

साे पुल निर्माणकार्य गर्नेका लागि साता दिन अगाडि ल्याएकाे १ सय बाेरा सिमेन्ट समेत अधिकान्स डल्लाे परेकाे ड्यामेज समेत भएको भेटिएको छ । उक्त कम्पनी  पुनः साेहि सिमेन्ट प्रयोग गर्ने सक्ने भन्दै समयमै स्थानीयले सजक हुनुपर्ने समेत देखिन्छ । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ कि भन्दै स्थानीय खुशिले हर्सित भएका थिए तर अहिले आएर भने पुलकाे काम कछुवाकाे गतिमा भईरहेकाे छ ।

 

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...