News Portal

भेरी अस्पतालमा कोरोना वार्ड भरिएपछि संक्रमित घरमै आइसोलेसन

हिमालीसंचार संवाददाता
३९२ पटक

बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ। अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन्। अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय २३ जनामध्ये ७५ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरूलाई घरमा बस्न सुझाव दिइएको छ। अस्पतालका निमित्त प्रमुख डा.खगेन्द्र शाहले बेड भरिएकाले नयाँ बिरामी भर्ना गर्न नसकिएको बताए।

अस्पतालका फिजिसियन डा. संकेतकुमार रिसालले भीडभाडमा अझ कोरोनाको संक्रमण फैलिने खतरा रहेको चेतावनी दिए। ‘बढी भीड हुने स्थानलाई व्यवस्थित राख्नुपर्छ। होइन भने अझै कोरोनाको महामारी फैलिने खतरा छ,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भेरी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमण देखिएका व्यक्तिलाई होम आइसोलेसनमा बसाइएको बताए।

‘भेरी अस्पतालबाहेक कोरोना वार्डहरू बन्द गरिएका छन्। त्यसैले अहिले समस्या देखिएको हो,’ उनले भने, ‘यसअघि कोरोना विशेष अस्पताल बनाइएको शिक्षण अस्पताल नेपालगन्जले पनि वार्ड राखेको छैन।’ बाँकेमा कोरोनाको महामारी तीव्र रूपमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले नेपाल–भारत सीमामा कडाइ गर्नेलगायतका निर्णय गरेको छ।

बिरामीका लागि शिक्षण अस्पताललाई पनि कोभिड वार्ड बनाउन र पालिकाले सञ्चालन गरी बन्द गरेका आइसोलेसन सेन्टर पुनः सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले मास्क नलगाउने व्यक्तिलाई शुक्रबारदेखि कारबाही गर्ने निर्णय गरिएको छ। भीडभाड हुन नदिन, स्वास्थ्य मापदण्ड पूरा गराउन प्रहरीलाई जिम्मा दिइएको छ।

प्रतिकृया दिनुहोस्

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...