News Portal

नमुना प्रहरी अधिकृत चन्द !

हिमालीसंचार संवाददाता
११३० पटक

जाजरकोट – कर्णाली प्रदेशको जाजरकोट जिल्लाको अति बिकट कुशे गाउँपालिका जहाँका जनता राज्यको हरेक सेवासुबिधाबाट बन्चित रहेको तितो यथार्थ छदैछ। कुशे-८ बिजुलिडाडामा रहेको जनताको आशा र भरोसाको निकाय नेपाल प्रहरी समेत यसबाट अछुतो रहेन। चौकीको भौतिक संरचना अस्तब्यस्त रहेकै बाबजुद २०७७ असोज महिनामा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्दले जिम्मेवारी सम्हाल्ने अबसर प्राप्त गरे।

जुन अबसर उनका लागि निकै चुनौती थियो तर, उनी बिचलित नभैई भवन मर्मत, खानेपानी समस्या, प्रहरी पोस्ट, प्रतीक्षालय, बिजुलीबत्ती, टेलिभिजन, वाइफाइलगायत मोटरसाइकल जस्ता आधारभुत आबस्यक्ता बिहिन चौकीको यथार्थलाई नयापन दिन उनले स्थानीयनिकायका प्रतिनिधि, सरोकारवाला, बुद्धिजिबि, समाजसेवीसमेतलाई बोलाइ चौकीको तितो यथार्थ प्रस्तुत गरे।

मुस्कान सहितको प्रहरी सेवा दिन पहिले प्रहरीको अनुहारमा मुस्कान छाउनु पर्ने हुन्छ अनि मात्र उसले गुणस्तरीय सेवा दिन्छ भन्ने मान्यता बोकेका अधिकृतको त्यही बोली स्थानीय निकायलाई बारम्बार घोचिरह्यो।

उनले नागरिकका समस्यालाई तत्काल सम्बोधन गर्न शान्ती सुरुक्षा कायम राख्न जनता माझ प्रहरी चौकी पैंकको अनुरोध जस्ता लोकप्रिय कार्यक्रम लिई प्रत्येक टोलबस्तीमा पुगेकै कारण नैतिक शिक्षाको माध्यमबाट समाजमा शान्ती सुरुक्षा मजबुत भएको स्थानिय नागरिकबाट प्रशंसासमेत हुने गरेको छ।

उनले योजना बनाइ स्थानीय निकायसंग समन्वय गरि भवन मर्मत, खानेपानी, धारा, बिजुली, प्रहरी पोस्ट, प्रतिक्षालय, टेलिभिजन, वाइफाइ जडानदेखि मोटरसाइकलसमेतको ब्यबस्थापन गरे। डिजिटल चौकी निर्माणमा जुटेका उनले प्रहरीलाई प्रबिधीमैत्री बनाउन चौकीमा कम्प्युटरसमेत जडान गरिसकेका छन।

उनी भन्छ्न, “प्रहरी हिजोको होइन आजको हो। आजको प्रहरी निकै लोकतान्त्रिक, कानुनप्रती अब्बल छ। त्यसैले प्रहरीलाई दुखमा मात्र होइन सुखमासमेत साथ र सहयोगको अपेक्षा राख्दछन।”

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...