News Portal

एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदीको अन्तरक्रिया

हिमालीसंचार संवाददाता
१०७१ पटक

अमेरिका– एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा प्रमुख अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदी लगाएत अरु पदको उमेदवारहरु सहितको अन्तरक्रिया कार्यक्रम मिसिगन राज्यको फारमिङ्टन शहरमा त्यस राज्यमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा एनआरएनए मिसिगन च्याप्टरका पूर्व सभापति विपिन श्रेष्ठको सभापतित्व रहेको थियो।नेपलीज् ऐसोसिएसन अफ मिसिगनका अध्यक्ष अमृत भट्टराई प्रमुख अथिति रहनु भएको उक्त कार्यक्रममा जनसम्पर्क समिति मिसिगन च्याप्टरका सभापति राम प्रसाद बस्यालले शुभकामना सन्देश दिनु भएको थियो।

कार्यक्रममा एनआरएनए मिसिगन च्याप्टरको पूर्व उपाध्यक्ष पुन्य पराजुली, एनआरएनए मिसिगन च्याप्टरको पूर्व कोषाध्यक्ष छवि लामिछाने ,एनआरएनए इन्डियाना च्याप्टरका अध्यक्ष खिम खतिवडा, एनआरएनए अभियान्ता तुलसी सिवाकोटि तथा आईवा च्याप्टरका उपाध्यक्ष प्रदीप पौडेल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ने.वि.संघका पूर्व महामन्त्री तथा वैज्ञानिक डा.यादव पन्डित, एनआरएनए अमेरिकाको सल्लाहकार लाल प्रसाद काफ्ले,एनआरएनए अमेरिकाको (२०२१-२०२३ ) कार्यकालको लागि यूथ कोअडिनेटर पदको उमेदवार त्रिभुव पान्डे, बोड अफ डाइरेक्टर पदको उमेदवार विशाल राना, उपाध्यक्ष पदको उमेदवार गोपेन्द्र भट्टराई तथा डिल्लु पराजुलीले कार्यक्रममा अध्यक्ष पदको प्रत्यासि बुद्धि सागर सुवेदीलाई पठाउनु भएको शुभकामना संदेश कार्यक्रम संचालक तथा एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि बोर्ड अफ डाइरेक्टर पदको उमेदवार समेत रहनु भएका संतोष पाहारीले पढेर सुनाउनु भएको थियो।

कार्यक्रममा अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदीले च्याप्टरहरु लाई बलियो बनाउने ,एनआरएनए अभियानमा अब युवा, महिला तथा विद्यार्थीहरू लाई प्रथमिकता दिने,अहिले रोकिएका दोहोरो नागरिकता विषय, अब एनआरएनए अमेरिकालाई समावेशी, पर्दसिता,गतिशील र ससक्त बनाउने र विभिन्न राज्यमा रहेका स्थानीय संघ संस्थाहरू सगँ समन्वय गर्दे कामहरू अगाडि बढाउदै लैजाने कुरामा आफू कहिले पछि नपर्ने प्रतिबद्वता पनि व्यक्त गर्नु भएको
थियो।

बरिष्ठ उपाध्यक्ष पदको उमेदवार बाबु राम (बि.आर)लामा, महासचिव पदको उमेदवार अन्जन चौलागाई, सचिव पदको उमेदवार अनुप खनाल, महिला सचिव पदको उमेदवार तारा मरठ्ठा ,कोषाध्यक्ष पदको उमेदवार राजीब श्रेष्ठ , बोर्ड सदस्य पदको उमेदवार संतोष पाहारीहरुले बुद्धि सागर सुवेदीलाई आफ्नो समर्थन दिदै आ-आफ्नो उमेदवारी किन र केको लागि भन्दै आफ्नो समुहलाई अत्याधिक बहुमतले विजयी गराउन पनि आग्रह गरेका थिए।
आईवा च्याप्टरका उपाध्यक्ष प्रदीप पौडेले उक्त कार्यक्रममै बोर्ड अफ डाइरेक्टर पदको लागि उमेदवारी घोषणा पनि गर्नु भएको थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...