News Portal

  • एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदीको अन्तरक्रिया

    हिमालीसंचार संवाददाता
    ९३३ पटक

    अमेरिका– एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा प्रमुख अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदी लगाएत अरु पदको उमेदवारहरु सहितको अन्तरक्रिया कार्यक्रम मिसिगन राज्यको फारमिङ्टन शहरमा त्यस राज्यमा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा एनआरएनए मिसिगन च्याप्टरका पूर्व सभापति विपिन श्रेष्ठको सभापतित्व रहेको थियो।नेपलीज् ऐसोसिएसन अफ मिसिगनका अध्यक्ष अमृत भट्टराई प्रमुख अथिति रहनु भएको उक्त कार्यक्रममा जनसम्पर्क समिति मिसिगन च्याप्टरका सभापति राम प्रसाद बस्यालले शुभकामना सन्देश दिनु भएको थियो।

    कार्यक्रममा एनआरएनए मिसिगन च्याप्टरको पूर्व उपाध्यक्ष पुन्य पराजुली, एनआरएनए मिसिगन च्याप्टरको पूर्व कोषाध्यक्ष छवि लामिछाने ,एनआरएनए इन्डियाना च्याप्टरका अध्यक्ष खिम खतिवडा, एनआरएनए अभियान्ता तुलसी सिवाकोटि तथा आईवा च्याप्टरका उपाध्यक्ष प्रदीप पौडेल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    ने.वि.संघका पूर्व महामन्त्री तथा वैज्ञानिक डा.यादव पन्डित, एनआरएनए अमेरिकाको सल्लाहकार लाल प्रसाद काफ्ले,एनआरएनए अमेरिकाको (२०२१-२०२३ ) कार्यकालको लागि यूथ कोअडिनेटर पदको उमेदवार त्रिभुव पान्डे, बोड अफ डाइरेक्टर पदको उमेदवार विशाल राना, उपाध्यक्ष पदको उमेदवार गोपेन्द्र भट्टराई तथा डिल्लु पराजुलीले कार्यक्रममा अध्यक्ष पदको प्रत्यासि बुद्धि सागर सुवेदीलाई पठाउनु भएको शुभकामना संदेश कार्यक्रम संचालक तथा एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि बोर्ड अफ डाइरेक्टर पदको उमेदवार समेत रहनु भएका संतोष पाहारीले पढेर सुनाउनु भएको थियो।

    कार्यक्रममा अध्यक्षका प्रत्यासि बुद्धि सागर सुवेदीले च्याप्टरहरु लाई बलियो बनाउने ,एनआरएनए अभियानमा अब युवा, महिला तथा विद्यार्थीहरू लाई प्रथमिकता दिने,अहिले रोकिएका दोहोरो नागरिकता विषय, अब एनआरएनए अमेरिकालाई समावेशी, पर्दसिता,गतिशील र ससक्त बनाउने र विभिन्न राज्यमा रहेका स्थानीय संघ संस्थाहरू सगँ समन्वय गर्दे कामहरू अगाडि बढाउदै लैजाने कुरामा आफू कहिले पछि नपर्ने प्रतिबद्वता पनि व्यक्त गर्नु भएको
    थियो।

    बरिष्ठ उपाध्यक्ष पदको उमेदवार बाबु राम (बि.आर)लामा, महासचिव पदको उमेदवार अन्जन चौलागाई, सचिव पदको उमेदवार अनुप खनाल, महिला सचिव पदको उमेदवार तारा मरठ्ठा ,कोषाध्यक्ष पदको उमेदवार राजीब श्रेष्ठ , बोर्ड सदस्य पदको उमेदवार संतोष पाहारीहरुले बुद्धि सागर सुवेदीलाई आफ्नो समर्थन दिदै आ-आफ्नो उमेदवारी किन र केको लागि भन्दै आफ्नो समुहलाई अत्याधिक बहुमतले विजयी गराउन पनि आग्रह गरेका थिए।
    आईवा च्याप्टरका उपाध्यक्ष प्रदीप पौडेले उक्त कार्यक्रममै बोर्ड अफ डाइरेक्टर पदको लागि उमेदवारी घोषणा पनि गर्नु भएको थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...