News Portal

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुदको अध्यक्षमा राज महर्जन

हिमालीसंचार संवाददाता
११९८ पटक

कुवेत – नेपाली समाजमा नया नेपाल भलिबल कल्बको नामले चिनिएको पुरानो कल्ब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ। कल्वको हिजो सम्मपन्न साधारणसभाले कल्वको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको कल्वको नाम अब “नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार” रहने छ।

खेलकुदको क्षेत्रमा विषेश गरि भलिबलमा लामो समयदेखि अग्र स्थानमा रहेको कल्बले आउदा दिनहरूमा सम्पूर्ण खेलकुदका गतिविधिसगै कुवेतको नेपाली समाज सग हातेमालो गर्दै भैपरि आउने समस्या सगै अन्य सामाजिक तथा परोपकारि कार्यहरुमा सक्दो अभियान चलाउने जनाएको छ।

नया कार्यसमिति सल्लाहकारहरु प्रेम कटवाल, केशर घलान तामाङ, भुपेन्द्र राई, सुरज परियार र नवीन गौतम चयन भएका छन।

अध्यक्षमा राज महर्जन, उपाध्यक्षमा राज मल्ल र ग‍ोबिन्द श्रेष्ठ, महासचिवमा शँखर पौडेल, सचिबमा मेख बहादुर देउजा, कोषाध्यक्षमा मोहन राई, सह-कोषाध्यक्षमा रोमन ढुङगाना, सचिबालय सदस्यहरुमा गोकुल जि.सि र युवराज गिरिलाई चयन गरिएको छ।

खेलकुद बिभाग प्रमुख तथा टिम म्यानेजरमा गोबिन्द श्रेष्ठ खेलकुद बिभाग उपप्रमुख तथा असिस्टेन्ट म्यानेजरमा रुपेन्द्र बिक्रम पाण्डे चयन भएका छन भने, टिम क्याप्टेन(ए) मा सबिन ठकुरी टिम क्याप्टेन (बि) मा सुर्य नेपाली रहेका छन।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...