News Portal

कुवेतमा आइतबारदेखि १२ घण्टा कर्फ्यु आदेश जारी

हिमालीसंचार संवाददाता
४८१ पटक

कुवेत-कुवेतमा केही दिनदेखि बढेदै गरेको कोरोना भाईरसकै कारणले गर्दा कुवेत सरकारले दैनिक १२घण्टा कर्फ्यु लगाउने निर्णय गरेको छ । केहि दिन देखि लगातार बढी रहेको कोरोना भाईरस नियन्त्रनको लागि आज बसेको क्याबिनेट बैठकले आइतबार देखि लागु हुने गरी साँझ ५ बजे देखि बिहान ५ बजेसम्म १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ ।

अरब टाइम्स कुवेतले जनाए अनुसार मार्च महिना भर कर्फ्यु लागु हुनेछ । यस अघि फेब्रुअरी २२ तारिकमा बसेको क्याबिनेटको बैठकले कर्फ्यु आदेशको प्रस्ताब खारेज गरेकाे थियाे । कुवेत सरकारले दोश्रो पटक कोरोना भाईरस नियन्त्रनको लागि कडा कदम चालेको छ । यस अघिको बैठकले सामाजिक दुरी पालना नगरी भेला गरेेेेकाे भेटेमा तीन महिना जेल र पाँच हजार केडी जरिवाना लाउने क्याबिनेटले निर्णय गरेकाे छ। फार्मासी र रेस्टुरेन्टलाई कर्फ्यू  समयमा डेलिभरी गर्न अनुमति दिएकाे छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...