News Portal

भिसाको अवधि सकिनु अगावै साउदी अरब नफर्किए ३ वर्ष प्रतिबन्ध

हिमालीसंचार संवाददाता
३६६ पटक

साउदीअरब – पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ। आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको अवधि सकिनु अगावै काममा नफर्किएको खण्डमा ती कामदारलाई तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको भनिएको छ।

सूचनामा भनिएको छ, ‘साउदी सरकारले रि–इन्ट्रि भिसामा स्वदेश गएका कामदारहरु सो भिसाको अवधि सकिनु अगावै काममा नफर्किएमा यस प्रकारका कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।’ तर, जुन कम्पनीबाट रि–इन्ट्रि भिसामा गएको हो सोही कम्पनीमा नया“ भिसामा आउन अनुमति पाएमा उक्त अवधिअगावै आउन बाधा नपर्ने भनि साउदी अरबको अध्यागमन कार्यालयले जनाएको सूचनामा उल्लेख छ।

मतलब रि–इन्ट्रिको अवधि रहदै सोही कम्पनीमा नया“ भिसा पाएमा पनि प्रवेशमा रोक नलगाइने सूचनामार्फत भन्न खोजिएको छ। रि–इन्ट्रि भिसामार्फत् साउदी जानेहरुले भने स्वास्थ्य प्रोटोकल तथा प्रतिबन्धमा सम्बन्धमा नियमहरु पालना गर्नुपर्ने भनिएको छ। पछिल्लो समय साउदीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि साउदी सरकारले कोरोना संक्रमण कम गर्न स्वास्थ्य प्रोटोकलका अतिरिक्त नियमहरु बनाएको छ।

रि–इन्ट्रि भिसामार्फत् व्यापारिक मलहरुमा जाने हरेकले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको ‘ट्वाककल्ना एप्स’ अनिवार्य रुपमा आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने सूचनामा भनिएको छ। डाउनलोड गरिएको एपबाट कोरोना संक्रमण भएका व्यक्तिगको आवागमनको ट्रेसिङ हुने जनाइएको छ। यसैगरी ३१ मार्चबाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन प्रतिबन्ध हटाउने निर्णय गरिएपनि १७ मे सम्मलाई लम्ब्याइएको पनि सूचनामार्फत् भनिएको छ।

त्यस्तै, विभिन्न २० देशका नागरिकलाई साउदी अरब प्रवेशमा रोक लगाइएको छ। साउदी अरबले रोक लगाइएको देशहरुमा भारत, पाकिस्तान, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, इन्डोनेसिया, आयरल्यान्ड, इटली, जापान, लेवनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्विटजरल्यान्ड, टर्की, युएइ, बेलायत र अमेरिका रहेका छन्। यी २० देशबाट आप्रवासीहरु, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुका परिवारहरु अर्काे व्यवस्था नभएसम्म साउदी अरब प्रवेशमा रोक लगाइएको सूचनामा भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...