News Portal

लफ़डैलफडामा पत्रकार महासंघ यूरोप, एउटै संघका छुट्टाछुट्टै अधिवेशन !

हिमालीसंचार संवाददाता
४२६ पटक

जीएनएन – नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टाछुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचारमन्त्री पर्वत गुरुङ प्रमुख अतिथि थिए।

अधिवेशनलाई सम्बोधन गर्दै मंत्री गुरुङले नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने बताए। भर्चुएल माध्यमबाट अधिवेशनको उदघाटन गर्दै उनले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताए।

कार्यक्रममा युरोपेली संघका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका नेपाली राजदूत रामकाजी खडका, डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले शुभकामना दिएका थिए।

द राईजिंग नेपालका पूर्व सम्पादक समेत रहेका राजदूत लम्सालले पत्रकार कहिल्यै भूतपूर्व नहुने बताए। उनले समाजप्रतिको दायित्व सम्झेर पत्रकारितामा लग्न सुझाव पनि दिए।

गैरआवासीय नेपाली सघंका केन्द्रिय महासचिव डा. हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आचार्य, प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, प्रधानमंत्री के पी शर्मा ओली समर्थित प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष भक्त गुरुङ, केन्द्रिय प्रतिनिधि चिरन शर्मा, नेपाल पत्रकार महासघं बेलायतका अध्यक्ष नरेश खपांगी मगर, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी, प्रेस युनियन युरोपका अध्यक्ष संजय भक्त कंडेल, नेपाल पत्रकार महासघंका उपाध्यक्ष दिलिप थापा मगर, केन्द्रिय सदस्य राजेश चामलिंग राई, केन्द्रिय सचिव लक्ष्मी पुन लगायतले शुभ कामना दिंदै संवाद, सहमति र सहकार्यका आधारमा मिलेर अगाडी बढ्न सुझाव दिएका थिए।

नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यवाहक महासचिव द्रोण रिजाल तथा सचिव महेश आचार्यले संचालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य सरला कट्टेलले सबै पाहुनाहरुलाई स्वागत गरिन्। कार्यक्रममा बोल्दै अध्यक्ष केजिन राईले आफुहरु विधान र पद्धति अनुकूल चलिरहेको बताए।

महासंघ केन्द्र, युरोप तथा शाखाको आफ्नै विधान अनुरुप संस्थाले काम गरिरहेको बताउंदै संघको वैदेशिक नियमावलीमा तीन कार्यकाल काम गर्न नपाउने उल्लेख नभएको उनले जनाए। उनले नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्षको रुपमा दुइ कार्यकाल पुरा गरि सकेका छन्। उनले छुट्टै अधिवेशन गरिरहेका आफ्ना पूर्व सहकर्मी हरुलाई एउटै फोरममा बसेर काम गर्न आह्वान पनि गरे।

छुट्टै अधिवेशन !
उता शनिबार बिहान शाखाका कार्यवाहक अध्यक्ष डिल्ली अम्माईको अध्यक्षतामा छुट्टै आयोजित अधिवेशनले संगठनको प्रतिवेदन संसोधनसहित पारित गरेको छ। शाखाका महासचिव योगेन्द्र मिलन छन्त्यालले प्रस्ताव गरेको संगठनात्मक प्रतिवेदनलाई पारित गरेपछि त्यसको बोधार्थ केन्द्रलाई पठाउने निर्णय समेत गरेको छ।

अधिवेशनलाई सम्बोधन गर्दै महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तारानाथ दाहालले जहाँ अधिकतर लेख्ने पत्रकारहरुको उपस्थिति छ त्यो मंच नै आधिकारिक हुने भन्दै बिधानको सम्मान र केन्द्रको वैधानिक निर्देशनलाई पालना गर्न सबै पत्रकारहरुलाई आग्रह गरे।

पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले केन्द्रले युरोप शाखालाई तीन बुंदामा निर्देशन दिएको जस अनुसार एकताको अधिकतम प्रयास गर्न, व धिको पालना गर्न र केन्द्रको निर्देशनलाई गाइडलाइन बनाएर आफ्ना गतिविधि अगाडी बढाउन आग्रह गरे।

त्यस्तै पत्रकार महासंघ युरोप शाखाका संस्थापक सल्लाहकार तथा वरिष्ठ पत्रकार भगीरथ योगीले आगामी दिनमा एउटै समितिको निर्माण गरेर जाने परिस्थितिको निर्माण गरेर जानुको बिकल्प नरहेको बताए। उनले समाजका प्रबुद्ध वर्ग मानिने पत्रकारहरु आफै विभाजित हुँदा त्यसले राम्रो संदेश नदिने बताउंदै विधि, विधान र व्यक्तिगत भन्दा संस्थाको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न आग्रह गरे।

त्यस्तै वरिष्ठ पत्रकार तथा राजनैतिक विश्लेषक नरेन्द्रजंग पिटरले पास्चात्य विचारको केन्द्र जर्मनी, प्रविधि र औद्योगिक विकासको केन्द्र बेलायत, इतिहासको केन्द्र इटाली र सांस्कृतिक केन्द्र फ्रान्ससहित युरोपमा बसेका पत्रकारहरुले आफुले देखेको र जानेको सीप तथा ज्ञान नेपाल र नेपालीको हितमा प्रयोग गर्नु पर्ने सुझाव दिए।

वार्ता समिति गठन !
अधिवेशनले नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्व अध्यक्ष महेश थापाको संयोजकत्वमा वार्ता तथा निर्वाचन समन्वय समिति गठन गरेको छ। जसमा थानेश्वर सापकोटा, ओम शर्मा, लक्ष्मण देबकोटा र योगेन्द्र मिलन छन्त्याल सदस्य रहेका छन्।

अधिवेशनमा वरिष्ठ पत्रकार अनुराधा पौडेलले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिइन्। उनले सदस्यतामा विभेद गर्ने, फरक मत राख्ने साथीहरुलाई न्याक्ने र आफ्ना वरिपरिकालाई मात्र सदस्यता दिने प्रवृत्तिको अन्त्य गरेमा अलग अलग अधिवेशन गर्नु पर्ने स्थिति नआउने बताइन्।

अधिवेशनमा किरांत समाज बेल्जियमका माकुना राई, जनप्रगतिशील मोर्चा पोर्तुगलका पूर्ण बिक, एनआरएनए युरोप संयोजक नारायण आचार्य, एनआरएनए बेल्जियमका महासचिव तीर्थ धमला, जनप्रगतिशील मोर्चा युरोपका संयोजक बिष्णु भुजेल, जनप्रगतिशील मोर्चा बेल्जियमका मेख गुरुङ, नेपाली समाज बेल्जियमका नेत्र मगर, जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटालगायतले सबै पत्रकारहरुलाई मिलेर जान आग्रह गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए।

अधिवेशनको आन्तरिक सत्रमा संगठनको प्रतिवेदन युरोप शाखाका सचिव पेम्बा गेलु शेर्पाले पढेर सुनाए पछि सर्वसम्मतिले पारित गरियो। खुल्ला सत्रको संचालन युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्यालले गरेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...