News Portal

जापानमा बागलुङका युवाको निधन

हिमालीसंचार संवाददाता
४५६ पटक

जापान – रोजगारीको सिलसिलमा विगत ८ वर्षदेखि जापानको आइचीकेनको खासुगाइ सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका एक युवाको निधन भएको छ।

पौंदी समाज जापानका अध्यक्ष गोविन्द भुसालका अनुसार श्रीमतीसहित जापानमा रहेका ३७ वर्षीय मधु आचार्यले गत सोमबार राति आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

श्रीमान् श्रीमतीबीच बेमेलका कारण अलगअलग बस्दै आएका आचार्य दम्पतीको गत शनिबार अन्तिम वार्तालाप भएको श्रीमती सरस्वतीले जानकारी दिइन्। आचार्य दम्पतीको ५ वर्षिया छोरी हाल नेपालमा छिन्।

चुकुल लगाएको आफ्नै कोठामा मृत अवस्थामा भेटिएकोले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको बुझिएको छ। आचार्यको पार्थिव शरिर अहिले नागोयाको खासुगाई सिटीस्थित प्रहरी कार्यालयमा राखिएको छ। स्व.आचार्य कुक पेशामा कार्यरत थिए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...