News Portal

मकाउ तामाङ घेदुङले सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

हिमालीसंचार संवाददाता
५५९ पटक

मकाउ – मञ्जुश्री सम्बत् २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको अबसरमा मकाउमा संगठीत मकाउ तामाङ घेदुङले विशेष शुभकामना आदन-प्रदान कार्यक्रम तथा सामुहिक भोज कार्यक्रम २०२१ आज एक कार्यक्रमका साथ नेपाली रेष्टुरेन्ट ८८४८मकाउमा मकाउ तामाङ घेदुङले सोनाम ल्होछार मनाएको छ।

मकाउ तामाङ घेदुङ संघका उपाध्यक्ष कल बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, विशेष अतिथि नेपाली सहयोगी हातहरु मकाउका निर्देशक उदय राज वाग्ले, विशेष अतिथि नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगर र अतिथिहरुमा मकाउ भित्र क्रियाशील संध संस्था साथै समाजसेवी व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो। 

आयोजित कार्यक्रममा विशेष अतिथि, प्रमुख अतिथि लगायद आमन्त्रित अतिथिहरुले सामुहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरिएको थियो। आयोजित शुभकामना आदन-प्रदान कार्यक्रममा विभिन्न संस्थाका प्रमुख, प्रतिनिधिहरुले आ आफ्नो धारणा राखेका थिए। आयोजित कार्यक्रम संस्थाका सचिव भिरेन वाईवाले कार्यक्रम संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...