News Portal

  • मकाउ तामाङ घेदुङले सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

    हिमालीसंचार संवाददाता
    ४९९ पटक

    मकाउ – मञ्जुश्री सम्बत् २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको अबसरमा मकाउमा संगठीत मकाउ तामाङ घेदुङले विशेष शुभकामना आदन-प्रदान कार्यक्रम तथा सामुहिक भोज कार्यक्रम २०२१ आज एक कार्यक्रमका साथ नेपाली रेष्टुरेन्ट ८८४८मकाउमा मकाउ तामाङ घेदुङले सोनाम ल्होछार मनाएको छ।

    मकाउ तामाङ घेदुङ संघका उपाध्यक्ष कल बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएन मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, विशेष अतिथि नेपाली सहयोगी हातहरु मकाउका निर्देशक उदय राज वाग्ले, विशेष अतिथि नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष सुदर्शन थापा मगर र अतिथिहरुमा मकाउ भित्र क्रियाशील संध संस्था साथै समाजसेवी व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो। 

    आयोजित कार्यक्रममा विशेष अतिथि, प्रमुख अतिथि लगायद आमन्त्रित अतिथिहरुले सामुहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरिएको थियो। आयोजित शुभकामना आदन-प्रदान कार्यक्रममा विभिन्न संस्थाका प्रमुख, प्रतिनिधिहरुले आ आफ्नो धारणा राखेका थिए। आयोजित कार्यक्रम संस्थाका सचिव भिरेन वाईवाले कार्यक्रम संचालन गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...

    सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

    काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका...