News Portal

हङकङको जोर्डन र साम सोइ पो कोरोना शुन्य, परीक्षणमा नगएकाहरुलाई ५ हजार जरीवना

हिमालीसंचार संवाददाता
४०४ पटक

हङकङ – हङकङ सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागि हङकङका विभिन्न स्थानमा लगकाउन धोषणा गरेर कोभिड -१९ टेष्ट गर्दै आएको छ। हिजो जोर्डन र साम सोइ पो कोरोना टेष्ट गर्दा त्यस क्षेत्रमा कोरोना भाईरस शुन्य भेटिएको हो।

हङकङ सरकारले रोग निवारण तथा नियन्त्रण गर्न निश्चित व्यक्ति केन्द्रित अनिवार्य परिक्षण अध्यादेश क्याप्सन ५९९ प्रयोग गर्दै कोरोना भाइरस उच्च संक्रमण क्षेत्रमा प्रत्येक रात लकडाउन धोषणी गर्दै कोरोना परीक्षण गर्दै आएको छ। हिजो सरकारले दुई स्थानमा एम्बुस लकडाउन गरेर कोरोना परीक्षण गर्दा नतिजा शुन्य भेटिएको हो। 

हङकङको मान यीङ बिल्डिङ, २-२४ मान यीङ स्ट्रीट , फेरी पोइन्ट जोर्डनमा अनिवार्य परिक्षणको अभ्यास करिब ७ बजेतिर सकिएको थियो । हाङ ओन  बिल्डिङ, ८८-९० फुक विङ स्ट्रीट / ४६A-46C क्वेइलिन स्ट्रीट,  साम सोइ पो जहाँ लकडाउनको घोषणा बेलुकी ८:३० बजे भएको थियो। आज बिहान ९:३० बजे सम्म लकडाउन जारी रहेको थियो ।

साम सोइ पोको सानो लकडाउन एरियाको ५९ घरमा कर्मचारीहरु पुगेका थिए । जसमा १५ वटा घर्को ढोका खोलिएन। जोर्डनबाट करिब १ गजार ४ सय ५० जनाले परिक्षणमा भाग लिएका थिए । करिब १ हजार घरको ढोकामा कर्मचारी पुगेका थिए । त्यस क्षेत्रमा २ सय ७० वटा निवासको ढोका खोलिएन। जोर्डन र साम सोइ पो को लकडाउनमा शुन्य संक्रमण भेटिए।

साम सोइ पो प्रतिबन्धित इलाकाबाट अनिवार्य परिक्षणमा नगएका पाँच जनालाई जनही हङकङ डलर ५ हजार जरिवाना गरिएको छ । कोरोना परीक्षण गर्न जान अनुरोध गरिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...