News Portal

उमेश पुडासैनीकाे अध्यक्षमा उदयपुर मिलिजुली समाज कुवेत गठन

हिमालीसंचार संवाददाता
५९७ पटक

कुवेत – २०७७ माघ १६ शुक्रबारको दिन उदयपुर मिलिजुली समाज कुवेत गठन भएको छ। श्रमिकको रुपमा कुवेत आएका उदयपुरका दाजुभाइ तथा दिदिबहिनीहरुले उदयपुरे सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एकाअर्कालाई पर्ने कुनैपनि समस्यामा हातेमालो गर्दै आफ्नो जिल्ला उदयपुरमा पनि आईपर्ने समस्यामा सहयोग गर्ने सकारात्मक मनसायको साथ कुवेतस्थित फर्वानिया पार्कमा ११ कार्यसमितिको साथ उदयपुर मिलिजुली समाज कुवेतको स्थापना भएको छ।

जसमा सबैको सर्वसहमतिमा बिभीन्न पदिय जिम्मा बाडफाड गरिएको छ। अन्य दर्जनौं साधारण सदस्यको साथ उदयपुर मिलिजुली समाज कुवेत भब्य शुरुआत गरिएको छ। उदयपुरबाट कुवेतमा विभिन्न क्षेत्रमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुलाई समेट्ने र समस्यामा परेको बेला हातेमालो गर्दै अगाडि बढ्ने उद्देश्य लिएको नवगठित समाजका अध्यक्ष उमेश पुडासैनीले हिमालीसंचारलाई जानकारी दिए।

नयाँ कार्यसमिति:

अध्यक्ष – उमेश कुमार पुडासैनी
उपाध्यक्ष – राजन चाम्लिङ राई
सचीव – संजय सिंह कार्की
कोषाध्यक्ष – हरि बहादुर राउत
सह-कोषाध्यक्ष – इन्द्र बहादुर परियार
प्रबक्ता – चन्द बहादुर राउत
सदस्य – पर्वत भट्टराई
सदस्य – विदुर कार्की
सदस्य – रोसन बास्तोला
सदस्य – सर्वन राई
संरक्षक सल्लाहकार – युवक राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...