News Portal

सभापति देउवाले असंबैधानिक ओलीलाई सहयोग गरे कांग्रेस सकियो !

कर्ण बहादुर अधिकारी
५८६ पटक

काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्रीले गलत नियतले संसद बिघटन गराएसंगै नेपाली कांग्रेसले पनि ओलीका कदम बिरूद्ध चरणबद्ध बिरोधसभा घोषणा गर्नुका साथै सामाजिक संजालहरूमा ब्यापक बिरोध गरी रहेका छन्। यसरी बिरोध गर्नुपर्छ भनेर निर्देशन दिने देउवा नै हुन तर, आफू निर्देशन पनि दिने र आफूले गरेका प्रत्येक भाषणमा भने चुनावको लागि पनि तयार रहनुपर्छ भन्दै अभिब्यक्ति दिनुले देउवाको ओलीलाई नैतिक समर्थन छ भन्ने प्रष्ट बुझ्न सकिन्छ।

ओलीले संबिधानको मुल, मर्म र भावना बिपरीत गएर गोजीको निति-नियमलाई लागु गरीरहदा त्यसलाई ठाडै अस्वीकार गर्नु पर्नेमा त्यस्तो देखिदैन। मलाई लाग्छ कांग्रेसले पनि जनताको आँखामा छारो हाल्ने काम त गरेको छैन भन्ने आभास हुँदैछ। कांग्रेसकै अर्को बरीष्ठ नेता रामचन्द्र पौडेल भने, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा छन्। आखिर जसले जेजे भनेपनि कांग्रेसले यो समयमा ओलीका कदमबिरूद्ध बुलन्द आवाज निकाल्न जरूरी छ।

कांग्रेस अहिले चुनावको लागि तयार हुनुहुँदैन कांग्रेसले अझै यो नेकपालाई जनताले ५ बर्षका लागि दिएको जनादेशलाई नियाल्नु छ। ३ बर्षमा केहि लछारपाटो लगाउन नसकेको कम्युनिष्ट सरकारले अब बाँकी २ बर्षमा केहि गर्छ भन्ने लाग्दैन। ३ बर्षे अबधीमा भएका ब्यथितिले पनि यिनीहरूको हैसियत जनताले थाहाँ पाई सके। केपी ओलीले आफ्नो स्वार्थका लागि सन्काँहा बनिदिएर, निरङ्कुश बनिदिएर घोषणा गरेको प्रतिनिधिसभा बिघटनलाई देउवाले समर्थन गरे भने, कांग्रेस सकियो भनेर जाने हुन्छ।

केपीका कारण यदि प्रतिनिधिसभा पुनर्स्थापना भएन भने, देश २५ देखि ३० अर्ब सम्म ऋणमा डुब्ने निस्चित छ। त्यसैले, सम्पूर्ण नेपाली जनताले यस कदमका बिरूद्धमा आवाज उठाउन जरूरी छ। बिगतमा शेरबहादुरले माओबादी बोक्नाले कांग्रेस चितवनमा कांग्रेसले आफ्नो गढ नै गुमाएको र देशभरीकै कांग्रेसी कार्यकर्तालाई निराशा बनाएको साथै कांग्रेसप्रति नै बितृष्णा सृजित गराएको हामी भुल्न सक्दैनौ।

राणा, राजासंग नहारेको कांग्रेस यी कम्युनिष्ट शाशकबिरूद्ध हार्छ भन्ने मलाई लाग्दैन। इतिहास बोकेको कांग्रेस बर्तमानमा खुट्टा लर्बराउने हो भने बीपी शुबर्ण शम्शेर, गणेशमान किसुनजीलगायतका महान नेताहरूले दिएको योगदानको अर्थ रहला र ? अर्को कुरा कांग्रेसलाई नै भड्खारोमा हालेर आफ्ना आफन्तलाई माथिल्लो ओदाहमा बर्षौदेखि नियुक्ति दिई राख्नुलाई पनि राम्रो मान्न सकिदैन।

के कांग्रेस कसैको सासु-बुहारीलाई राम्रो स्थानमा राख्नकै लागि स्थापना भएको हो त ? बिचरा रामचन्द्र पौडेल कांग्रेस भन्दाभन्दै आफ्नो जीवनको उत्तरादर्धमा छन्। कांग्रेसले यीनलाई चिन्नै सकेनन्। देउवा भने, अझै प्रधानमन्त्री हुन पाउछु की भन्दै कहिले ओली त कहिले प्रचण्डसंग चुच्चो जुधाउन ब्यस्त छन्।

कांग्रेसका युवा नेताहरू गगनकुमार थापा, प्रदिप पौडेल, गुरूराज, धनराज, बिश्वप्रकाश शर्मा, रामहरी खतिवडा, शंकर भण्डारीलगायतले यी कांग्रेस हाक्ने नेतृत्वको कुरा कहिले बुझ्ने ! कि सधै यी नेतृत्वले गरेका र चालेका गलत कदमलाई साथ दिने हो। गलतलाई त गलत भन्नुहोस्न। सधै गुलामी कति गर्ने। पद र प्रतिष्ठाका लागि सधै गलतलाई पनि सहि भन्ने हो ? अब कांग्रेस भित्रका जागरूक युवाहरूले नेतृत्वका गलत कार्यकाबिरूद्ध बुलन्द आवाज निकाल्न जरूरी छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...