News Portal

  • देश गम्भिर अबस्थामा पुराउने नाईके राष्ट्रपति भण्डारी र केपी ओली

    कर्ण बहादुर अधिकारी
    ४२८ पटक

    नुवाकोट – प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भङ्ग गराए पश्चात देश नै संकटकालिन अबस्थामा गुज्रि रहेको छ। यसरी देश गम्भिर अबस्थामा पुराउने नाईकेहरू ओली र भण्डारी नै हुन भन्ने पक्षमा छन नेपाली जनता। बिघटनसंगसंगै नेपालका राजनितिक दलहरूले सडकमा केपी र भण्डारीको गलत निर्णयका बिरूद्ध बुलन्द आवाज निकाली रहेका छन्।

    केपीले संसद बिघटन गरे पनि यसको फैसला सर्बोच्च अदालतबाट हुने छ। केहि नेपाली जनता अझै भनौ भने केहि बौदिक ब्यक्तित्वहरूले ओली र भण्डारी नै गणतन्त्रको अन्तिम प्रम र राष्ट्रपति हुन भनेर वकालत गरी रहेका छन्। खैर आखिर ज-जसले जे जे बोले पनि हामी समयको प्रतिक्षामा बसौं। साच्चै भन्ने हो भने गणतन्त्र हाक्ने मसियाहरूले गर्दा नेपाली जनता माझ गणतन्त्र प्रति बितृष्णा जागृत भई सकेको छ।

    सर्बश्रेष्ठ भनौदाहरू संबिधान बिपरीत गएर आफ्नै गोजीको निति लागु गर्नुका साथै गणतान्त्रिक ब्यबस्थामा नेपाली जनताले सुरक्षाको प्रत्याभूति गर्न नपाउनु, हत्या हिंसा, लुटपाट, भ्रष्ट्राचार र बलत्कार जस्ता जघन्य अपराधको बृद्धि हुनुले जनतामा बितृष्णा जागृत भएको हो। बिश्वलाई नछाडेको कोभिडले नेपाललाई पनि छाड्न मानेन यस्तो संक्रमणकालीन अबस्थामा पनि अर्बौ रूपैयाको भ्रष्ट्राचार हुनुलाई सहज मान्न सकिदैन। नागरीक समाज र जनताको बोलीलाई दबाउने प्रयास गरीएको छ।

    २००७ साल देखि २०६३ सालमा भएको भ्रष्ट्राचार र ६३ देखि ७७ सम्म भएको भ्रष्ट्राचारको आकलन गर्ने हो भने, गणतन्त्रको उदय भएसंगै भएको भ्रष्ट्राचारको आकलन नै गर्न सकिदैन। संघीयता देशमा लागु भएसंगै देशको बार्षिक बजेटको ६० प्रतिशत मन्त्री,सांसद र सरकारी कार्मचारी पाल्दैमा सकिएको छ। अब तपाई नै भन्नुहोस यस्तो स्थितिमा देशको बिकास होला र ? तसर्थ यो प्रणाली गलत वा सहि छ भन्ने बिषयमा तपाई आफू नै आकलन गर्न सक्नु हुने छ।

    के नेपाली जनताले यहि दिन देख्नका लागि जीवनको आहुँति दिएका हुन त ? ती जन युद्ध लडेका घाईते र बिदेशीएका लडाकुहरूले यहि सोचेका थिए त ? के प्रचण्डलाई अर्बौपति बनाउनकै लागि युद्ध लडेका हुन त ? आखिर जे भएपनि परीणाम भने त्यहि नै देखियो। केपी, प्रचण्ड, झलनाथ र माधव कुमार नेपालकै आन्तरीक कलहका कारण देशलाई अधेरी कालकोठरीमा धकेल्ने काम गरीएको छ। तसर्थ यस्ता ब्यक्तिगत स्वार्थका पछाडी लाग्नेहरूलाई सिस्नुपानी लगाईलगाई खेद्न जरूरी छ। स्मरण रहोस राजनिति ब्यक्तिगत स्वार्थका लागि नभएर देश र जनताका हितका लागि हो भन्ने मनस्थिति सृजित होस।

    राष्ट्रपति बिद्यादेवी भण्डारी प्रम केपी ओलीको खल्ति बन्नु भएको छ। केपीलाई जति खेर जे राख्न मन लाग्छ सर्लक्कै राखि दिन्छन्। राष्ट्रपति नेकपाको संस्थापक जस्तो देखिन आएको छ। उहाँको कृपाले नेकपा अझै केपी गुटलाई फाईदा होस भन्ने पक्षमा हुनु हुन्छ। कुनै पनि पार्टीको आन्तरीक कलहले देशलाई घाटा र नोक्शानी हुन्छ भने त्यस्ता पार्टीलाई निर्बाचन आयोगले प्रतिबन्घ लगाउन सक्नु पर्दछ।

    यहाँ पार्टीलाई होईन देश र जनतालाई फाईदा हुनु पर्दछ। २०७४ सालको चुनावमा देउवाले चुनाव आफ्नो पार्टीले हार्छ भन्ने आकलन हुँदाहुँदै पनि चुनाव गराए। परीणाम नेकपाले दुई तिहाई ल्याउन सफल भयो र संबिधान निर्माण पछिको पहिलो चुनाव गराएर देश लाई जिताए आफ्नो पार्टीलाई हराई दिएर नेताको सोच भनेको देउवाको जस्तो हुनु पर्यो। केपी ओली आफ्नो स्वार्थका लागि सन्काँहा बनि दिए, निरङ्कुश बनि दिए। जसका कारण यदि प्रतिनिधिसभा पुनर्स्थापना भएन भने, देश २५ देखि ३० अर्ब सम्म ऋणमा डुब्ने निस्चित छ। त्यसैले सम्पूर्ण नेपाली जनताले यस कदमका बिरूद्धमा आवाज उठाउन जरूरी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...