News Portal

  • फेसबुकमा ‘गुडबाई’ लेखेर लन्डनमा गायक बद्री केसीले गरे आत्महत्या

    हिमालीसंचार संवाददाता
    ५७४ पटक

    लन्डन – बिगत केही वर्षदेखि बेलायतमा बस्दै आएका कलाकार बद्री केसीले लन्डनमा आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान केसीको शव फेला परेको हो। आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।

    केसीका सहकर्मी राम थपलियाका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। शनिवार उनको शव फेला परेको हो।

    आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ। पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए।

    केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत आएका हुन्। लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे। गाउन र नाँच्न दुवैमा सीपालु उनले लन्डनस्थित निरमाया रोधीघरमा झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...