News Portal

फेसबुकमा ‘गुडबाई’ लेखेर लन्डनमा गायक बद्री केसीले गरे आत्महत्या

हिमालीसंचार संवाददाता
६३५ पटक

लन्डन – बिगत केही वर्षदेखि बेलायतमा बस्दै आएका कलाकार बद्री केसीले लन्डनमा आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान केसीको शव फेला परेको हो। आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस लेखेका ३२ वर्षीय केसीको शव लण्डनको एजवेरस्थित आफैले काम गर्ने स्कुल हातामा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो।

केसीका सहकर्मी राम थपलियाका अनुसार उनको निराश फेसबुक स्टाटस देखेपछि शुक्रबार दिउँसोदेखि नै सहकर्मीले खोजी शुरु गरेका थिए। उनको फोनसमेत नउठेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। शनिवार उनको शव फेला परेको हो।

आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसासमेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ। आत्महत्याको कारण स्पष्ट भइसकेको छैन। उनको शव अहिले प्रहरीको नियन्त्रणमा छ र प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ। पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए।

केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत आएका हुन्। लण्डनको एजवेरस्थित मिल हिल स्कुलमा क्याटरिंग सुपरभाइजरको रुपमा कार्यरत केसी बेलायतका नेपालीमाझ लोकदोहोरी गायकका रुपमा चिनिन्थे। गाउन र नाँच्न दुवैमा सीपालु उनले लन्डनस्थित निरमाया रोधीघरमा झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...