News Portal

  • पूर्बमन्त्री आचार्यको प्रधानमन्त्रीलाई चिठी !

    ‘ठुलो पदमा बस्नेको ठुलो ह्रदय’ बनाई डा. केसीका माग पुरा गर्नुस !

    महेश आचार्य
    ५०३ पटक

    काठमाण्डौ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसंग असहमत रहदै उनलाई चिठी लेखेका छन् । पुर्बमन्त्री आचार्यले २६ दिनदेखी आमरण अनशनमा बसेका शिक्षण अस्पतालका आवाशीय चिकित्शक प्रा.डा. गोबिन्द केसीको स्वस्थ्यको चिन्ता गर्दै सरकारले गोबिन्द केसीको माग पुरा भए देश बदलिने आँकलनसाथ यस्तो चिठी लेकोका छन् ।

    सम्माननीय प्रधानमन्त्रीज्यु,
    डाक्टर केसीको बर्तमान सत्याग्रह, बिचार र भाव जगतबाट जनतामा उच्चतम चेतना र ऊर्जा प्रवाहित भएको देखिरहेको छु । आफ्ना निम्ति होईन अरुको कल्याणका लागी जीवन उत्सर्ग गर्न तयार हुन असिम संकल्प र करुणा चाहिन्छ। डाक्टर केसीको जस्तो जनकल्याणका लागी जीवन बलिदान गर्ने संकल्प चेतनाले एकैपटक लाखौ मानिसको बिचार र भावना सकारात्मक ऊर्जाले तरंगित भएको अनुभव गरेको छु।

    डाक्टर केसी प्राध्यापक हुन् ! किन शिक्षण कार्य गर्दैनन् ? सत्याग्रहमा किन बसेका हुन् ? सत्ताको पक्ष पोषण र ताबेदारी गर्नेहरू अहिले यस्तो बेसुरो प्रलाप गर्दैछन् । मलाई लाग्छ डॉक्टर केसी सत्याग्रहमा बसेर असाधारण शिक्षणको काम गर्देछन् । ब्यक्तिको जीवन, उसको शिक्षा, सम्पदा र पद आत्मरति र ब्यक्ति सुखका निम्ति होईन जनकल्याणका निम्ति हो भन्ने ज्ञान र चेतना डक्टर केसीले एकैचोटी लाखौं पेशाकर्मी र खास गरी डक्टरहरुमा तरंगित गराएका छन् । यो सत्याग्रहमा प्रत्यक्ष र अप्रत्यक्ष जुटेका हजारौँ पेशाकर्मीको जीवन र तिनको सोच र बिचार यो सत्याग्रह पछि गम्भीर र दीर्घकालीन रूपबाट बदलिने छ र प्रभावित हुनेछ । यस अर्थमा  केसी लाखौं मानिसका लागी आफ़्नो जीवन र समाजलाई हेर्ने दृष्टि परिवर्तन गराउने गुरु बनेका छन् ।

    डक्टर केसीको सत्याग्रहले सिर्जना गरेको बिचार र चेतनाको नयाँ तरंगले हाम्रो समाज र राजनीतिको बिषाक्त क्षेत्र पनि प्रभावित नभई रहन सक्दैन । सत्ताको मुकुट लगाएपछि बिबेकको ऊर्जा मस्तिस्कमा हत्तपत्त नपुग्ने रहेछ । महाभारतकालका महारथी अर्जुनका पौत्र एवम् श्री कृष्णद्वारा रक्षित राजा परीक्षित जो स्वयं अत्यन्त पराक्रमी थिए, उनले पनि कलिले बास गरेको जरासन्धको मुकुट लगाए पछि सत्यको साधनामा बसेका ऋषिको गलामा सर्प हाल्ने बिबेकहीन कर्म गरे । यो दुष्कर्मका कारण प्रतापी राजा परीक्षितको जीवन र राजकीय भोग सात दिनमै समाप्त भयो । सत्ता बिबेकहीन भएर आक्रामक हुँदा शासक अंततः सधै एक्लो र तिरस्कृत हुन्छ । अनि सत्यको साधना गर्ने सत्याग्रही हठात् मर्दैनन् बरु हजारौं नयाँ सत्याग्रही युगचेतना बदल्न जन्मने रहेछन् ।

    सम्माननीय प्रधानमन्त्रीज्यु,
    राजा परीक्षितको यो प्रसंग पुराणको गाथा हो । आधुनिक तर्कको कसीमा असान्दर्भिक लाग्न सक्छ । तर यो प्रतीकात्मक बिम्ब र यसमा अंतर्निहित सन्देश भने कालातीत छ ।

    हामी जो सत्तामा बस्छौं (शासन र सत्ताको विशिष्टताको चश्मा र ध्वनिले जनतालाई हेर्ने र सुन्ने हाम्रो सोच र दृष्टि भ्रमित र धूमिल हुदै जान्छ । सत्ताको आकांक्षा हुँदा हामी जो कोहीलाई सड़क र सडकमा ओर्लीएको जनसागर प्रिय लाग्छ । तर सत्तामा पुगेपछि त्यहि सडक बिरानो र सडकको आवाज कर्कस र निरर्थक लाग्न थाल्छ ।

    जनताको स्थायी थलो त सडक नै हो प्रधानमन्त्रीज्यु । सडक र जनता हिजो जस्तो थिए आज पनि ति तेस्तै छन् । सडक र जनतासंग सत्ताको सम्बन्ध टूटे पछि हामी भने फेरिएको देखिन थाल्छौं ।

    प्रधानमन्त्रीज्यु,
    तपाईंको यो विशिष्ट पद संसदको मात्र होईन सडक र जनताको पनि सारथीको पद हो। त्यसैले समय छदै ‘ठुलो पदमा बस्नेको ठुलो ह्रदय’ बनाएर गम्भीर बिमर्श र बिबेकको प्रयोग गर्दै डॉक्टर केसीका माँग सम्बोधन गर्न अनुरोध गर्दछु ।

    हार्दिक जयनेपाल सहित,
    महेश आचार्य
    पूर्व मन्त्री
    केन्द्रीय सदस्य , नेपाली कांग्रेस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...