News Portal

गैरआवासीय नेपाली संघ मकाउले १२ बार्षिक उत्सव भव्यताका सम्पन्न गर्यो, विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान

मकाउका क्रियाशील संघ संस्थाका प्रमुखहरुको विशेष उपस्थित

हिमालीसंचार संवाददाता
८९५ पटक

मकाउ – गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव आइतबार भव्य रुपले ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा सम्पन्न गर्यो । संधले नेपाली समुदायका लागि सहयोग गर्नु हुने स्वदेशी तथा विदेशी सहयोगीदाताहरुलाई विशेष सम्मान समेत गरेको थियो।

मकाउमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष उपस्थित रहेको आयोजित कार्यक्रमको गैरआवासीय नेपाली संधका अध्यक्ष पुर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। आयोजित कार्यक्रमको विशेष अतिथि संधका पुर्वअध्यक्ष समेत रहनु भएका सुदर्शन थापा मगर रहनु भएको थियो। 

संधले मकाउमा रहनु हुने नेपाली दाजुभाई दिदि बहिनीहरुमा उपस्थितिका लागि विशेष अनुरोध गरेको भए पनि मकाउमा क्रियाशील संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रम विशेष रहेको थियो । संधले आफ्ना सदस्यहरु, अग्रज महानुभाव, सहयोगी महानुभावहरु, शुभचिन्तक, संस्थालाई माया गर्नु हुने नेपाली समुदायका तमाम् दाजुभाई दिदिबहिनीहरुमा संस्थाको फेसबुक मार्फत गरिमामय उपस्थितिका लागि विशेष निमन्त्रणा गरेका थिए।  

कोरोना कहरका यो विषम परिस्थितिमा अन्य मुलुकहरुमा नयाँ प्रविधिको प्रयोगद्वारा कार्यक्रम आयोजना भइरहेको परिप्रेक्ष्यमा मकाउ विश्वकै सुरक्षित मुलुक रहेका हुनाले गैरआवासीय नेपाली संघ मकाउले आफ्नो बार्षिक उत्सव औपचारिक रुपमा ८८४८ नेपाली रेष्टुरेन्टमा आयोजना गरेका थिए। 

गैरआवासीय नेपाली संघ मकाउसंग प्रत्यक्ष, अप्रत्यक्ष जोडिएर नेपाली समुदायका लागि मकाउबाट संघसंग सहकार्य गरेका, विशेष सहयोग गरेका १७ जना स्वदेशी तथा विदेशी सहयोगी महानुभाव लगायद बौद्धिक व्याक्तित्वहरुलाई (प्रशंसा पत्र) विशेष सम्मान गरेको थियो। संधले खेलकूद क्षेत्रमा विशेष योगदान दिने खेलाडीहरुलाई समेत उच्चकदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो।आयोजित कार्यक्रम संधका महासचिव राजेश गुरुङले संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...