News Portal

तमू समाज कुवेतको पहलमा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
७२९ पटक

कुवेत सिटी – विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित डा.महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन। नेपाल सरकारको बिल्कुल सहयोग नरहे पनि आफ्नै बलबुता, स्रोतसाधन तथा देश तथा परदेशमा रहनु हुने सहयोगी मनहरुको आर्थिक सहयोग दानबाट निरन्तर अगाडि बढी रहेको सबैलाई जग जाहेर नै छ।

पछील्लो समय विश्वोब्यापी कोरोना भाईरसका कारण मुलुक र मुलुकबासी आक्रन्त भईरहेको कोरोना बिरुद्ध लडन बिभिन्न किसिमका उपकरणहरु आविश्कार गरी निशुल्क बितरण गरीरहेको हामी सबै जानकार छौ।

यसै अनुरुप तमू समाज कुवेतद्वारा कुवेतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु माझ सहयोग रकम सन्कलन गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने निधो गरे अनुसार बिभिन्न्न चरणबाट सन्कलीत रकम जम्मा ४ सय १४ केडी ३१० फिल्स अर्थात नेपाली १,५८,३२६ रुपैया (एक लाख अन्ठाउन्न हजार तीन सय छब्बिस) हिजो मिती २३ डिसेम्बर २०२० (८ पौष २०७७, बुधवार) समाजका सल्लाह्कार तथा नेपाल गीतकार संघका सदस्य बालक गुरुङ ज्युले आबिष्कार केन्द्र, किर्तिपुरमा डा.महाबिर पुन ज्युलाई हस्तान्तरण गरिएको तमू समाज कुबेतको अध्यक्ष अभियान्ता राजु गुरुङले जानकारी गराएका छन।

सहयोग रकम हस्तान्तरण पश्चात अभियन्ता तमू समाज लगायत कुवेतमा कार्यरत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय अविष्कार केन्द्रबारे जानकारी लिन वा, केद्रले हालसम्म हासिल गरेका उपलब्धीहरु बारे बुज्नको निम्ती केन्द्रको युट्युब च्यानल वा, फेसबुक भिजिट गर्न आग्रह गर्नु भएको थियो।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ चलाएको अभियानबाट सन्कलित रकम र नेपाली होटेलहरुमा राखिएको “दान पेटिका”बाट सन्कलित रकमको विवरण यस प्रकार रहेको छ।

१) तमू समाज कुवेतद्वारा आयोजित तमू ल्होसार कार्यक्रममा सन्कलित रकम – १३९ केडी ८०५ फिल्स

२) मगर संघ कुवेतद्वारा आयोजित माघे सकराती कार्यक्रममा सन्कलित रकम – ५४ केडी ७५० फिल्स

३) माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबद्वारा आयोजित एम बि बम्जन गोल्ड कप प्रतियोगिताको फाइनल खेलका दिन सन्कलित रकम – १४४ केडी २३० फिल्स

४) हिमालय रेष्टुरेण्ट, महाबुल्लामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ३७ केडी ४५० फिल्स

५) चौतारी रेष्टुरेण्ट, मालियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ८ केडी

६) नेपाल फुड ल्यान्ड रेष्टुरेण्ट, जिलिबमा राखिएको दान पेटिकाबाट सन्कलित रकम – १२ केडी ७५ फिल्स

७) एभरेस्ट नेपाली रेष्टुरेण्ट, फर्वानियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – ८ केडी ४५५ फिल्स

८) भेटघाट नेपाली रेष्टुरेण्ट, फर्वानियामा राखिएको दान पेटिकाबाट सन्कलित रकम – १० केडी

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...