News Portal

गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव मनाउदै, नेपाली समुदायका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने

मकाउमा रहनु हुने नेपालीहरुमा उपस्थितिका लागि निमन्त्रणा

हिमालीसंचार संवाददाता
५४४ पटक

मकाउ – गैरआवासीय नेपाली संघ मकाउले १२ औ बार्षिक उत्सव आगामी डिसेम्बर २७ तारिख आइतबार भव्य रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मनाउदैछ भने नेपाली समुदायका लागि सहयोग गर्नु हुने सहयोगीदाताहरुलाई विशेष सम्मान गर्ने भएको छ।

संधले मकाउमा रहनु हुने नेपाली दाजुभाई दिदि बहिनीहरुमा उपस्थितिका लागि विशेष अनुरोध समेत गरेको छ। संधले आफ्ना सदस्यहरु, अग्रज महानुभाव, सहयोगी महानुभावहरु, शुभचिन्तक, संस्थालाई माया गर्नु हुने नेपाली समुदायका तमाम् दाजुभाई दिदिबहिनीहरुमा संस्थाको फेसबुक मार्फत गरिमामय उपस्थितिका लागि विशेष निमन्त्रणा समेत गरेको छ।

कोरोना कहरका यो विषम परिस्थितिमा अन्य मुलुकहरुमा नयाँ प्रविधिको प्रयोगद्वारा कार्यक्रम आयोजना भइरहेको छ। मकाउ विश्वकै सुरक्षित मुलुक रहेका हुनाले गैरआवासीय नेपाली संघ मकाउले आफ्नो बार्षिक उत्सव औपचारिक रुपमा ८८४८ नेपाली रेष्टुरेन्टमा आयोजना गर्न लागेको हो।

संधका अध्यक्ष पूर्ण बहादुर गुरुङका अनुसार गैरआवासीय नेपाली संघ मकाउसंग प्रत्यक्ष, अप्रत्यक्ष जोडिएर नेपाली समुदायका लागि मकाउबाट विशेष सहयोग गर्नु हुने १७ जना स्वदेशी तथा विदेशी स्थानीय मकाउका सहयोगी महानुभाव लगायद बौद्धिक व्याक्तित्वहरुलाई समेत (प्रशंसा पत्र) विशेष सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...