
कुवेत – कुवेत सरकारले आजबाट सबै हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग डिसेम्बर २१ सोमबार २०२० राती ११ बजे देखी १ जनवरी २०२१ सम्म बन्द गर्ने घोषणा गरेको छ।
कुवेत सरकारका प्रबक्ता तारिक अल मुजारिमलाई उध्रित गर्दै द टाइम्स कुवेतले यो खबर प्रकाशित गरेका छ। तेश्रो मुलुक हुँदै कुवेत आउन चहाने नेपाललगायत ३४ वटा प्रतिबन्धित मुलुकका आप्रबासी कामदारहरुलाई यो निर्णयबाट थप आर्थिक भार पर्ने पर्ने देखिन्छ।
केही दिन अघि साउदी अरब र ओमनले पनि हवाई उडानहरू, जलमार्ग र स्थल मार्ग बन्द गरेको घोषणा गरी सकेका छन। यो अवधी १ जनवरीपछी पुनः थप गर्न सकिने सम्भावनासमेत रहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
