News Portal

  • युएईमा ५४ जनालाई कम्युनिटी हिरो अवार्ड, नेपाली जनसम्पर्क समिति युएईद्वारा १३७ जना सम्मानित !

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    रामप्रसाद ढुंगेल/युएई – कोरोना महामारीको प्रारम्भमा युएईमा समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने ५४ सामाजिक व्यक्तित्वहरूलाई कम्युनिटी हिरो अवार्ड प्रदान गरिएको छ ।

    नेपाली जनसम्पर्क समिति युएईद्वारा आयोजित अंग्रेज़ी नयाँ वर्ष सन् २०२१ सालको शुभकामना आदानप्रदान कार्यक्रममा डिसेम्बर १८ शुक्रबार आयोजित एक अनलाइन कार्यक्रममार्फत उक्त अवार्ड प्रदान गरिएको हो। नेपाली जनसम्पर्क समितिका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै युएईको नेपाली समुदायमा कोरोना कहरमा राहत वितरण कार्यमा सरिक सबै सामाजिक अभियन्ताहरुलाई धन्यवाद प्रदान  गर्नुभएको थियो ।

    कार्यक्रममा बिशिस्ट अतिथिहरुमा उपसभापति बिमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाश शरण महत, जनसम्पर्क समिति विभाग प्रमुख केन्द्रीय सदस्य गोविन्द भट्टराई र माननीय भिमसेनदास प्रधान, आमन्त्रित केंदियसदस्य द्वय आनन्द विस्ट, अमेरिका र बालकृष्ण पाण्डे भारतबाट सहभागी भएर सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व केन्द्रीय उपाध्यक्ष कुल आचार्य लगायत बिश्वभरका जनसम्पर्कका सभापतिहरू र एनआरएनए युएई अध्यक्ष प्रकाश कोइराला, नेपाली समाज युएई अध्यक्ष गोविन्द ढकाललगायत युएईका उल्लेख संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

     उक्त कार्यक्रममा उपस्थित भएर अतिथिहरुले कार्यक्रमको सफलता र कोरोना कहरमा युएईका विभिन्न व्याक्तित्वहरुले पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमका सभापति तिमिल्सिनाले युएईमा बिपत्तिका बेला ६० भन्दा बढी सामाजिक संस्था आपसमा मिलेर   राहत प्रदान गरेको उदाहरणबाट नेपाल सरकारले पनि सबै दल र पक्षलाई समेटेर कोरोना महामारीका विरुद्ध काम गर्नुपर्नेमा भ्रष्टाचारमा लिप्त भएको दाबी गर्नुभएको थियो । 

    सम्मानित व्यक्तित्वहरूमा: एनआरएन युएई उपाध्यक्ष पासाङ शेर्पा, युवा संयोजक मदन अधिकारी, दुबई क्षेत्रीय अध्यक्ष भिम मल्ल ठकुरी, नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्याल लगायत ५४ जना नेपाली रहेका छन् ।

    कोरोना कहरमा आआफ्नो क्षेत्रमा रहेर सहजीकरण गर्ने युएईका विभिन्न ७१ व्याक्तित्वहरुलाई कार्यक्रममा प्रशंसापत्र र धन्यवादका पात्र शीर्षकमा पनि फरकफरक १२ व्याक्तित्वहरु र व्यावसायिक संस्थालाई अवार्ड प्रदान गरिएको छ ।

    कार्यक्रम नेपाली जनसम्पर्क समिति युएईका महामन्त्री हरि खड्काले सन्चाल्न गर्नुभएको थियो भने शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका प्रमुख सल्लाहकार  मनोज गोर्खाली, नेपाली जनसम्पर्क समिति युएईका सल्लाहकारहुमा: कृष्ण गौतम, केन्द्रीय सदस्य सन्तोष पौडेल र महामन्त्री राजेन्द्र अधिकारी हरि खड्का, केन्द्रीय सदस्य चिरन आचार्य, र अजमान क्षेत्रीय अध्यक्ष जनसम्पर्क समिति युएईका अध्यक्ष सूर्य खरेल र एनआरएनए उपाध्यक्ष राजन अधिकारीले पनि कार्यक्रम सफलताको लागि उल्लेखनीय भुमिका निर्वाह गरेको कार्यक्रमका सभापति तिम्सिनाले बताए।

    कार्यक्रमले प्रवासी नेपालीहरुको आत्मसम्मान उच्च पारेको र मध्यपुर्वकै नमूना सहयोग र एकता जुटाएर कोरोनाको प्रारम्भमा उदाहरणीय काम गर्न युएईका नेपालीहरु सक्षम भएको साथै यसमा  नेपाली दूतावास अबुधाबीले प्रभावकारी समन्वय गरेको नेपाली जनसम्पर्क समितिका पुर्व सभापति खेमराज बस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    जनकपुरका कलाकार अभिनास झाकी श्रीमती सुटिङ सेट नजिकै मृत फेला, घटना शंकास्पद

    धनुषा, असार १० – जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा...

    नुवाकोट धादिङ रसुवा समाज कुवेतका संस्थापक राकेश मनाङथेनले किन दिए राजीनामा?

    कुवेत, असार १० — नुवाकोट धादिङ रसुवा समाज, कुवेतका संरक्षक पदमा रहेर सेवा गरिरहेका संस्थापक...

    आज २०८२ साल असार १० गतेको राशिफल

    आज असार १०, २०८२ (जुन २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

    धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला...

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक...