News Portal

  • जनसम्पर्क समिति युरोपको दोश्रो अधिवेशन डिसेम्बर २८ मा सभापति देउवाले उद्घाटन गर्ने

    हिमालीसंचार संवाददाता
    ४१६ पटक

    केजिन राई,
    युराेप – नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोश्रो महाधिवेशनमा सभापति शेरबहादुर देउवाले सम्बाेधन गर्ने भएका छन्। समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्बर सोमबारका दिन भर्चुअल प्रविधिमार्फत् हुने सो महाधिवेशनमा सभापति देउवासहित पार्टीका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने भएका छन्।

    कांग्रेस नेताहरु उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, सह-महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्य डा.शेखर कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा र जनसम्पर्क प्रमुख गोविन्द भट्टराईलगायत विदेशस्थित बिभीन्न देशका जनसम्पर्क समितिका सभापतिहरुले सो अधिवेशनलाई सम्बाेधन गर्ने भएका छन। महाअधिवेशनमा युरोपस्थित १६ देशमा रहेका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुले भाग लिने गौतमले जानकारी दिए।

    समितिको विधानअनुरुप सो महाधिवेशनमा युरोप क्षेत्रमा रहेका नेपाली जनसम्पर्क समितिका वर्तमान तथा पूर्वसभापतिहरू, पदाधिकारीहरू, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका वर्तमान तथा पूर्व प्रतिनिधिहरूले सो अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन पाउने छन्। सन् २००७ मा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उपस्थितिमा समितिको पहिलो बर्लिन भेलाले नेपाली जनसम्पर्क समिति युरोपको स्थापना गरेको थियो।

    समितिको पहिलो महाधिवेशन सन् २००९, अगष्टमा वर्तमान सभापति तथा तत्कालीन वरिष्ठ नेता शेर बहादुर देउवाले प्रोतुगलको राजधानी लिस्वनमा उद्धघाटन गरेका थिए। समितिको नेतृत्व जर्मनस्थित व्यवसायी दिल गुरुङले गर्दै आएका छन्। आगामी महाधिवेसनले नयाँ नेतृत्वकोसमेत चयन गर्ने बताएको छ।

    सो महाधिवेशन तयारीको लागि सभापति दिल गुरुङको संयोजकत्वमा अधिवेसन मुलआयोजक समिति, बरिष्ठ उपाध्यक्ष पूर्ण हमालको संयोजत्वमा निर्वाचन समिति, शशी पौडेलको संयोजकत्वमा विधान समिति, उपसभापति जानकी गुरुङको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति, विनोद घिमिरेको संयोजकत्वमा प्रविधी सहयोग तथा प्रचारप्रसार समिति, दयाराम पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको...

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...