News Portal

खोटाङ कुवेत सम्पर्क मन्चद्वारा मृगौला पीडित सागर कोइरालाको बचाऊका लागी अपिल

पीडित सागर भन्छन् - म बाच्न चाहान्छु, मलाई बचाईदिनुस !

हिमालीसंचार संवाददाता
१४०१ पटक

कुवेतसिटी – मोरङको सुन्दरहरैचा नगरपालिका-२ उफ्रौलियाका दुवै मृगौला पीडित २४ बर्षिय सागर कोइरालालाई बचाऊन उनको घरपरिवारले सहयोगको अपिल गरेका छन्। मृगौला पीडित सागरका बुवा खगेन्द्रप्रसाद कोइरालाका अनुसार छोराको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अबस्था कमजोर भएका कारण सहयोगको लागी अपिल गरिएको बताए।

नातागोता, ईष्टमित्र तथा आफन्तकै भरमा अस्पताल पुर्याएर औषधी उपचार गरिरहेको बुवा खगेन्द्रले बताए। उनले अस्पतालले मृगौला प्रत्यारोपणका लागी धेरै रकम लाग्ने बताएपछि आफुसँग छोराको उपचार गर्ने क्षमता नभएकाले हारगुहार गर्नुपरेको बताए। सुन्दरहरैचामा खेतीपाती गरेर पारिवारिक खर्च धान्दै आएका उनका बाबुले आफुसँग छोराको उपचार गर्न आर्थिक नभएपछी सबैसँग सहयोगको लागी अपिल गर्नु परेको बताएका छन।

पीडित सागर गएको ६ महिनादेखि विरटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेका छन। अस्पताल श्रोतका अनुसार उनको दुवै मृगौला फेल भएको र छिटो भन्दा छिटो मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने बताइएको छ।

उनलाई बचाउनका लागी सागरका दाजु पारस कोइरालाको नाममा नबिल बैकमा खोलिएको खाता नम्बर ०८८१००१७५००२३५ (08810017500235)मा रकम जम्मा गरेर सहयोग गर्न सकिने बताइएको छ।

यस्तै, पीडित सागरको बचाउको लागी कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मन्चले कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको लागी अपिल गरेको छ। खोटाङ कुवेत सम्पर्क मन्चका उपाध्यक्ष बिष्णु भट्टाराईले अनुरोधसमेत गरेका छन।

उनको उपचारमा सहायोग गर्न चाहने दाजुभाई तथा दिदीबहिनीहरुले माथी दिईएको बैक खातामा वा, उक्त मन्चका पदाधिकारीहरुलाई तल दिईएको मोबाइल नम्बरहरुमा सम्पर्क गरि सहयोग गर्न सकिने छ।

कुवेतका लागी सम्पर्क:

मन्जित राई – ००९६५-६६३३१०२३
बिष्णु भट्टाराई – ००९६५-५०१९३८४०
००९६५-६७७२५३७९

नेपालका लागी सम्पर्क:

पारस कोइराला – ००९७७-९८१९३४५६२७

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...