News Portal

दिनेश शर्मा नेपाली एकता समाज कुवेतको उपाध्यक्षमा चयन

हिमालीसंचार संवाददाता
५०८ पटक

कुवेतसिटी – नेपाली एकता समाज कुवेतको उपाध्यक्षमा दिनेश शर्मालाई चयन गरिएको छ। प्रथम राष्ट्रिय भेलाद्वारा निर्वाचित उपाध्यक्ष जनक भुसाल स्वदेश फर्किएपछि लामो समयसम्म रिक्त रहेको स्थानमा शर्मालाई चयन गरिएको हो।

उपाध्यक्षमा चयन गरिएका शर्मा यो भन्दा अगाडि भारत, कतारलगायतका देशहरुमा क्रियाशिल रहेको एकता समाजका विभिन्न तहमा रहेर काम गरिसकेका व्यक्ति हुन।

हिजो शुक्रवार कुवेतस्थित फर्वानियाँ पार्कमा समाजका अध्यक्ष निम वुढा मगरको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पुर्ण बैठकले रिक्त पदाधिकारी नियुक्त गर्दै पदपूर्ति गरेको हो।

उक्त वैठकले आगामी १५ जनवरी २०२१ मा समाजको दोस्रो राष्ट्रिय भेला सम्पन्न गर्ने गरि सल्लाहकार अनिल रसाईलीको संयोजकत्वमा ५ सदस्यिय समितीसमेत चयन गरिएको महासचीब खुम रायामाझीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...