News Portal

मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु

ईन्द्रप्रकाश बुढा
१४३२ पटक

मलेसिया – मलेसियामा एक नेपाली नागरिकको मृत्यु भएको छ। सल्यानको वन्गाड कुपिण्डे नगरपालिका वडा नं ७ गैरीकटेरीका ४२ बर्षिय पुर्ण रावतको बिहिवार मृत्यु भएको हो।

मलेसियास्थित स्मार्ट टास्क सेकुरुटी कासतेरा कम्पनीमा कार्यरत रावतको सुतेकै स्थानमा मृत्यु भएको हो। उनको मृत्यु गएको बिहिवार बिहान ३ बजे भएको बुझिएको छ।

उनी काठमाडौको गौसलास्थित एड्भान्स मेनपावरबाट ११ महिना अघी मात्रै रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए। उनको श्रीमती, १ छोरी र २ छोरा रहेका छन।

उनको मृत्युको कारण भने खुलेको छैन। शव पोस्ट माटमको लागि अस्पताल लगिएको छ भने, सोमवार मात्रै रिपोर्ट आउने सोही कम्पनीमा कार्यरत मोहन ओलीले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...