News Portal

हङकङ सरकारले नेपालको उडानमाथि पुनः प्रतिबन्ध

हिमालीसंचार संवाददाता
४५७ पटक

युवा राई/हङकङ – हङकङ सरकारले नेपालबाट हङकङ आएका ७ जना यात्रुमा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ।

हङकङमा बुधवार थप १८ जनामा ​कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले हङकङले जनाएको छ। संक्रमितमध्ये १५ जना आयातित र ३ जना स्थानीय रहेका छन्। आयातितमध्ये ७ जना नेपाल एयरलाइन्सको उडान नं. ४०९ बाट हङकङ आएका हुन्।

यात्रुसंगै कोरोना संक्रमित भित्रिएपछि यसअघि पनि दुई पटक नेपालको उडानमाथि हङकङ सरकारले प्रतिबन्ध लगाएको थियो। पछिल्लो पटक ४ नोभेम्बरपछि खुला भएको उडानपछि पुनः तेश्रो पटक प्रतिबन्ध लगाइएको हो।

नेपालबाट हुने सबै उडान दुई हप्ताको लागि नोभेम्बर १२ देखि नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित हुने भएको छ। हङकङमा कोरोना संक्रमितको संख्या ५,५४०८ पुगेको छ। ५,१५९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९३ जनाको उपचार भइरहेको छ। ६ जना कोरोनाका विरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...