News Portal

प्रेस यूनियन युरोपको भर्चुअल बहस हुँदै, गगन थापा प्रमुख अथिति

हिमालीसंचार संवाददाता
४८३ पटक

लन्डन – नेपाल प्रेस युनियन यूरोपले फरकफरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ। यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक संजयभक्त कंडेलले जानकारी दिए।

विश्व स्वतन्त्रता दिवसको पूर्वसंन्ध्यामा हुन लागिरहेको उक्त कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापा, एनआरएनए, नेपाली जनसम्पर्क समिति, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन साथै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ।

‘कोभिड र लोकतन्त्र’, ‘प्रवासमा एनआरएनए र नेपाली जनसम्पर्क समितिको भूमिका’ विषयमा गम्भीर बहस र अन्तरक्रिया फरकफरक सेसनमा संचालन हुने नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले जानकारी दिए।

सोही अवसरमा प्रेस यूनियन युरोपको पहिलो पूर्ण बैठक पनि संचालन गरिने छ। युरोपलाई छुट्टै प्रदेशस्तरमा समेट्न लागिरहेको युनियन केन्द्रले विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...