News Portal

प्रेस यूनियन युरोपको भर्चुअल बहस हुँदै, गगन थापा प्रमुख अथिति

हिमालीसंचार संवाददाता
४२५ पटक

लन्डन – नेपाल प्रेस युनियन यूरोपले फरकफरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ। यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक संजयभक्त कंडेलले जानकारी दिए।

विश्व स्वतन्त्रता दिवसको पूर्वसंन्ध्यामा हुन लागिरहेको उक्त कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापा, एनआरएनए, नेपाली जनसम्पर्क समिति, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन साथै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ।

‘कोभिड र लोकतन्त्र’, ‘प्रवासमा एनआरएनए र नेपाली जनसम्पर्क समितिको भूमिका’ विषयमा गम्भीर बहस र अन्तरक्रिया फरकफरक सेसनमा संचालन हुने नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले जानकारी दिए।

सोही अवसरमा प्रेस यूनियन युरोपको पहिलो पूर्ण बैठक पनि संचालन गरिने छ। युरोपलाई छुट्टै प्रदेशस्तरमा समेट्न लागिरहेको युनियन केन्द्रले विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...