News Portal

ग्लोबल आइएमई बैकद्वारा सबै ग्राहकलाई उपहार

हिमालीसंचार संवाददाता
७१८ पटक

रामप्रसाद ढुंगेल/युएइ– ग्लोबल आईएमई बैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि उपहार दिदै आएको छ ।

गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स ईन्डिया इन्टरनेशनल एक्सचेन्जबाट नेपालमा पैसा पठाउनु पर्ने ग्लोबल आइएमई बैंकका युएई प्रतिनिधि माधब रेग्मीले बताउनुभएको छ ।

यसरी पैसा पठाउदा नेपालमा रहेका पैसा प्राप्त गर्ने सबै ग्राहकले नेपालको आइएमई ग्लोबल आइएमई बैंकबाट उपहार प्राप्त गर्नेछन् । युएईबाट पैसा पठाएका सबै ग्राहकका आफन्तको मोबाइलमा ग्लोबल आईएमई बैंकले ५० रुपैया मोबाइलमा रिचार्ज अथवा टपअप गर्दै आएको छ ।

आफ्ना नियमित ग्राहकलाई दशैँतिहारको अवसरमा शुभकामना सहित वडादशैँ ग्लोबल आईएमईको साथमा, मोबाइल टप अप हातमा नामक हात खाली नजाने उपहार योजना ल्याएको बैँकका युएई प्रमुख माधव रेग्मी बताउँछन् ।

इमिरेट्स ईन्डिया इन्टरनेसनल एक्सचेञ्जका युएईका सातै प्रान्तमा रहेका ३० भन्दा बढी शाखाबाट नेपालको आइएमई, ग्लोबल आइएमई र जिएमई पेमेन्ट पार्ट्नर रहेका देशभर रहेका १६ हजार भन्दा बढी एजेन्टमार्फत पैसा निकाल्न मिल्ने गरी रेमिट्यान्स गर्दा यो योजनामा सबैले ग्लोबल आइएमइ बैंकबाट उपहार पाउन सक्नेछन् ।

ग्लोबल आईएमई बैकका लागि माधव रेग्मी र अर्जुन चापागाईले युएईमा बैँकिङ सहजीकरण तथा बजारीकरण गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...