News Portal

  • किन खाने, कति खाने र कसरी खाने गर्जो ?

    हिमालीसंचार संवाददाता
    ४५१ पटक

    काठमाडौँ – काठमाडौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडीको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्। धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्।

    अहिले कोरोना भाइरसको कहरमाझ एकाएक चर्चा हुन थालेपछि पुनमले आफन्तको घरबाट गुर्जोको डाँठ मात्रै ल्याएकी छैनन्, यसको बिरुवा पनि बालकुमारीस्थित घरमा रोपेकी पनि छन्।
    “यसको फाइदाको कुरा थाहा पाएँ। अहिले हामी परिवार नै दैनिक खान थालेका छौँ,” इन्टेरियर डिजाइनर प्रधानले भनिन्। पुनमको घरमा मात्रै होइन अहिले गुर्जोको प्रयोग धेरै घरमा हुन थालेको छ।

    गुर्जोको बढ्दो प्रयोग !

    सहरमा बस्ने कतिले गाउँबाट मगाउन थालेका छन् भने कतिले किनेर गुर्जोको रस पिउन थालेका छन्। कुनैबेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जोको प्रयोगप्रति कोरोना भाइरसको महामारीपछि मानिसहरूको चासो बढ्न थालेको आयुर्वेदका वरिष्ठ चिकित्सक डा.ऋषिराम कोइराला बताउँछन्।

    “हामी सानो छँदा गाउँघरतिर दूध धेरै दिन्छ भनेर गाईबस्तुलाई खुवाउने गर्थ्यौँ। पछि अध्ययनका क्रममा मैले यसमा भएको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने फाइदाबारे थाहा पाएँ,” डाक्टर कोइरालाले भने।

    कोरोना भाइरसको महामारीका कारण यसको फाइदाबारे मानिसहरूले धेरै थाहा पाउन पाएको र महत्त्व बुझेको उनले बताए। कतिपय प्रयोगकर्ताहरू भारतीय योगगुरु रामदेवले यसको फाइदाबारे बताएपछि खोजेर खान थालेको बताउँछन्।

    किन खाने गुर्जो ?

    कोइरालाका अनुसार कोरोना भाइरस अगाडी पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो। दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।

    रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्। “गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ,” उनले भने।

    “यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा हुन्छ।” उनका अनुसार यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।

    गुर्जो कति र कसरी खाने ?

    चिकित्सक कोइरालाको सुझाव यस्तो छ:

    गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध हुन्छ। धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ।

    डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ। गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ। बीबीसीबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...