News Portal

नेपाल र ओमानबीच भिसा प्रवेशाज्ञामा छुट

हिमालीसंचार संवाददाता
३५६ पटक

काठमाडौँ – नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी बाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता भएको छ ।
ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुरूप उक्त राहदानीबाहेक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्ने व्यवस्था सम्झौताले गरेको ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले कान्तिपुरलाई जानकारी दिइन् ।

उक्त सम्झौतामा नेपाल सरकारकोतर्फबाट ढकाल र ओमानकोतर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले हस्ताक्षर गरे ।

राजदूत ढकालले यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमण लगायत अन्य गतिबिधिहरू बढाउन सहयोग पुग्ने बताइन् । दुई पक्षीय कूटनीतिक सम्बन्धमा यो एक अर्काको देशमा प्रवेशाज्ञा छुट सम्बन्धी सम्झौता अत्यन्तै महत्वपूर्ण रहेको उनले बताइन् ।

सबैभन्दा पहिला राजदुतावास भएका मुलुकहरुले यो काम गर्नु पर्छ । यसले तुरुन्तै गर्नु पर्ने यात्रालाई सहज हुन्छ । यो सम्झौतालाई एक अर्कोको देशमा प्रवेशाज्ञा छुट दिन्छ,’ उनले भनिन्,‘९० दिनसम्म भिसा नै नलिइकन नेपाली ओमान र ओमानी नेपालमा आउन पाउँछन् । यो अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण मानिन्छ । यो सम्झौतालाई लिएर नेपाल र ओमान दुवैलाई धन्यवाद पनि दिन चाहन्छु ।’

त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि ओमानमा हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्ने सम्झौतापछि राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हस्ताक्षर कार्यक्रमपश्चात आ–आफ्नो धारणा साटासाट गर्दै राजदूत ढकाल र ओमानका परराष्ट्र मन्त्रालयका सचिव अल वहेबिले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशिल र सक्रिय बनाउनु पर्ने विषयमा जोड दिए ।

उनीहरुले यस अवसरमा कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनु पर्ने विचार साटासाट गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...