News Portal

के प्रमुख प्रतिपक्षदलले “तँ कुट म रोए जस्तो गर्छु” मात्र गरेको हो त ?

सि पि धादिङे
५६८ पटक

काठमाडौं – नेकपाको दुई तिहाई मत प्राप्त सरकार छ।केन्द्र सङै सात प्रदेश मध्ये ६ प्रदेशमा एकलौटी सरकार छ। यस्तो बेलामा प्रमुख प्रतिपक्ष दलको भुमिका सडक देखि सदन सम्म नघन्या अवस्था भएको महसुस गर्दैछन जनता! दुई तिहाइको सरकार हुदा हुँदै पनि जनभावना अनुसार काम गर्न नसकेको खाली आफ्नै ताउलो मात्र भरेको आरोप खेपिरहेको सत्तासिन नेकपा पाटीबाट रुष्ट भएका जनतालाई मलामपट्टिको क्याप्सुल खुवाउन सक्नु पर्ने होइन र प्रमुख प्रतिपक्ष किन गर्न सकेन त?

सदनमा दुई तिहाई पेलियो होला सडकमा झर्न सक्थ्यो त्यति भएन आफ्नै पार्टिगत निर्णयबाट पनि त जनतालाई केहि आशा भरोसा दिन सकिन्थ्यो होला नि होइन?

कोरोना जस्तो रोगले देशको हरेक अवस्थालाई डामाडोल परेको यो प्रतिकुल अवस्थामा राजनिती देखि घृणित र बिच्किएका आम जनतालाई केही भरोशा आशा जगाउनु पर्ने होइन? के त्यसको लागि सत्ता र कुर्सी नै चाहिन्छ भन्ने मानसिकताले काङ्ग्रेसको नेतृत्वको मस्तिष्क भरिएको हो?

यदि भरिएको होइन भने बुडिगन्डगी, NCELL जस्ता राष्ट्रिय गौरबको आयोजनामा एकजना प्रम भइसकेका ब्याक्तिले लगाएको आरोपलाई पुष्टि गर्न अनि सत्तासिनदलाई दवाब दिन काङ्ग्रेस नेतृत्वले मार्ग प्रसस्त गर्नु पर्ने होइन? यसो गर्दै गर्दा जनतामा भएको निराशालाई हटाएर आशा र भरोशा जगाउन प्रेरित गर्छ भन्ने सम्म छनक नपाउने कस्ता नेता हुन? अनि प्रतिपक्षीले यति सम्म गर्दा सत्तासिनदलले केही कदम नचाले उनिहरुलाई जनताले बुझ्ने सुनौलो अवसर पाउथे होइन।

अर्को कुरा कोरोनाको चपेटाले कति जनता भोकले मोर्न बाध्य छन भने कयौ जनता भोकभोकै बस्न बिवस छन। यस्तो बेलामा हरेक वर्ष झै संसदीय सचिबालयले दशै भत्ता हरेक सांसदको खातामा बोनस स्वरुप १ महिना बराबर को रकम हाल्दिदै गर्दा केन्द्र देखि प्रदेश सभा सम्म रहेका छ।

नेपाली काङ्ग्रेसका सांसदहरुले जनता भोकै दशै मान्नुपर्ने अवस्थामा हामी दशै भत्ता लिन्नौ बहिस्कार गर्छौ भनी संसदीय दलबाट निर्णय गर्दिए के जान्थ्यो। मलाई लाग्दैन जनता बिहान बेलुकाको ताउलो भर्दिए मात्र खुसी हुन्छन भनेर सानोतिनो जनहितमा गरिएको निर्णयबाट पनि जनतामा मनग्य आशा र भरोशा जाेगाउन सकिन्छ।

आशा छ काङ्ग्रेसले जनताको मन जित्ने यो सुनौलो अवसर गुनाउने छैन छिटो भन्दा छिटो यो निर्णय संसदीयसमितिबाट गरेको हेर्न आतुर छौ म लगायत हामी आम जनता यदि यसो नगरी बोलिमा लोलि मिलाएर दशैबापतको भत्ता खुसुक्क बगलिमा हाल्ने चेष्टा गरियो भने काङ्ग्रेसको लागि त्यो भन्दा दुर्भाग्य र दुख अरु केही हुनेछैन।

अनि हामी आमजनताले यो बउझ्न बाध्य हुनेछौ कि बाहिर जति चुरिफुरी गरेपनी प्रतिपक्ष र सत्तापक्ष उहि नेपाली उखान “काले काले मिलेर खाउ भाले” भन्ने कुरालाई चरितार्थ गर्दैछन।अझै भन्ने हो भने बाहिर प्याचर प्याचर बोल्ने तर बोलिमा लोलि मिलाउने यसले त “तँ कुट म रोए जस्तो गर्छु” भनेझै भएन र ?

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...