News Portal

  • नेपालीहरुको सुखदुःखको साथी बन्दै आइएमई रेमिट्यान्स

    हिमालीसंचार संवाददाता
    २७९ पटक

    रामप्रसाद ढुंगेल/युएइ – नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आइएमई नेपालीहरुको दु:खसुखको साथी बन्दै गएको छ। बीस वर्ष अधिदेखि बिरानो मुलुकको निर्जन बगरमा काम गरेर आफ्ना  परिवारका सदस्यले कमाएको पैसासँगै खुसी र भविस्यको मिठो सपना आदानप्रदान गरिरहेको आइएमईले यसपालिको दशै-तिहारको अवसरमा “भरोसा-कोष” स्थापना गरेको छ। कोरोनाका कारण परदेशमा अकालमा जीवन गुमाएका परिवारका हकवालालाई सकेको आर्थिक सहयोग गर्ने प्रतीज्ञा आइएमईले गरेको छ।

    हरेक बर्ष दशै र तिहारको उपलक्ष्यमा लाखौं रुपैयाँ राशीका उपहार योजना संचालन गर्ने आइएमई कोरोनाले आक्रान्त बनाएको नेपाली मनमा भरोसा कोष मार्फत दु:खको वास्तविक साथी, सहयात्री र पीडित परिवारको दरिलो भरोसा बन्न खोजिरहेको छ।

    आइएमई नेपालले वैदेशिक रोजगारीको सिलसिलामा कोरोनाको कारण ज्यान गुमाएका  सबै जनाका परिवारका सदस्यलाई १ करोड रुपैयाँको भरोसा कोष स्थापना गरी सहयोग  गर्ने भएको छ। युएई लगायतका मध्यपुर्वका ६ देश र मलेसियामा रोजगारीको क्रममा रहदा कोरोनाको कारण निधन भएका नेपालीहरुका परिवारका सदस्यलाई आइएमई नेपालले अनिवार्य आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि सम्बन्धित परिवारको सदस्यले आईएमईको केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आवश्यक कागजातका साथमा निवेदन दिनुपर्ने छ।

     अल अहालियाबाट आइएमई गरे उपहारमा पैसैपैसा ! 

    आइएमई-युएईले भने युएईका ग्राहकहरुका लागि  लक्षित दशैँ-तिहार उपहार योजना सार्वजनिक गरेको छ। “आइएमई सँग यो दशै-तिहार, पाइन्छ नगद रु ५० हजार” नाराका साथमा युएईको लोकप्रिय एक्सचेञ्ज कम्पनी “अल अहलिया एक्स्चेन्ज”बाट आइएमई गर्ने नेपाली ग्राहकहरुले दशै र तिहारको अवधिमा कम्तीमा ७ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पाउन सकिने आइएमई युएईका प्रमुख उत्तम बस्नेतले जानकारी दिनुभएको छ।

    बम्पर उपहार नगद  रु ५० हजार रहेको यो योजनामा भाग लिन अल अहालिया एक्सचेञ्जका युएईभरिका कुनै पनि शाखाहरुबाट नेपालमा पैसा पठाउदा आइएमईलाई नै माध्यम बनाउनु पर्ने हुन्छ। अल अहालिया एक्सचेञ्ज साथै अन्य एक्सचेञ्जहरुबाट नेपालमा आइएमई गर्दा पनि यस प्रतियोगितामा सहभागी बन्न सकिने आइएमई युएईले जनाएको छ।

    अलअहालिया एक्सचेञ्ज मार्फत आइएमइमा पैसा पठाउने आफ्ना धेरै ग्राहकहरु भएको र यसभन्दा अगाडि पनि धेरै नेपालीहरुले विभिन्न पुरस्कारहरु पाएको अल अहालिया एक्सचेञ्जका नेपाल कोरिडोर व्यापार प्रमुख बेनीमाधव ढकालले जानकारी दिनुभएको छ।

    आइएमइको यो योजनामा !

    साप्ताहिक रुपमा पहिलो तथा दोस्रो हप्तामा दुई-दुई जना, तथा तेस्रो तथा चौथो हप्तामा तीन/तीन जना भाग्यशाली विजेताले नगद ७ हजार रुपैयाँ “आइएमई पे” मा प्राप्त गर्न सक्नेछन्।

    यसका साथै विदेशबाट पठाएको रकम आइएमईको वालेट आइएमई पे बाट प्राप्त गर्ने गरी रेमिट्यान्स गरेमा पठाएको रकममा ६० रुपैयाँसम्म स्वत: बोनस रकम प्राप्त गर्न सकिने आइएमई युएईका प्रतिनिधि ईश्वर अधिकारीले बताउनुभएको छ। योजना अक्टोम्बर १७  देखि नोवेम्बर १५, २०२० सम्मको लागि सन्चालनमा रहेको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal