News Portal

नेपाली दूतावास युएइको पहलमा १९ लाख रुपैयाँको जरिवाना छुट, पिडीत सकुशल नेपाल फर्किए

हिमालीसंचार संवाददाता
५४६ पटक

रामप्रसाद ढुंगेल/युएइ – नेपाल फर्किने सिलसिलामा जरिवाना तिर्न नसकेका १७ नेपाली कामदारहरुको करिब १९ लाख रुपैयाँ नेपाली दूतावास अबुधाबीको पहलमा मिनाहा भएको छ । दुबईको फ्लेक्स मेनेजमेन्ट कम्पनीमा कार्यरत नेपालीहरुको गत जुलाई १२ तारिखदेखि बिना भिसा युएईमै बस्न बाध्य भएकाले ओभरस्टे स्वरुप युएई दिराम ६० हजार तिर्न नसकेका कारण उनीहरू एयरपोर्टबाट फर्किएका थिए ।

नेपाली दूतावास अबुधाबीले दुबई इमिग्रेसनसँग समन्वय गरेर उक्त जरिवाना माफी गरिदिएको र यस कार्यमा नेपाली दूतावास अबुधाबीका जनसम्पर्क अधिकारी मोहम्मद इर्फानले अतुलनीय योगदान गरेको नेपाली दूतावास अबुधाबीकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिएकी छिन्।

काउन्सिलर थापाका अनुसार उक्त  कम्पनीमा कोभिड-१९ का कारण नियमित काम चल्न नसकेर ३ सय ५८ जना नेपाली रोजगारविहीन भएको र दूतावास साथै सामाजिक संघसंस्थाको सहयोगमा उनीहरूलाई खाना तथा अन्य सहयोग उपलब्ध गराउदै आइएको थियो। वहाँका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट सबैलाई हवाई टिकट उपलब्ध गराइएको हो भने दूतावास र नेपाली समाज युएईको पहलमा एस्टर क्लिनिकबाट १७ जना नेपाली कामदारहरुको नि:शुल्क पिसिआर गराइएको हो । पिसिआर गराउन व्यवस्थापनको महत्त्वपूर्ण काममा नेपाली समाज युएईका महासचिव वेदप्रसाद अर्यालले योगदान गरेको काउन्सिलर थापाले बताइन।

उनीहरुलाई शुरुमा एनआरएनले खान र बस्नको व्यवस्थापन गरेको थियो भने लामो समयसम्म  रेखदेख गर्न नसक्ने भन्दै एनआरएनए युएई पछि हटेको पीडित नेपाली कामदारहरुले सार्वजनिक रूपमा बोल्न थालेका थिए । पछिल्लो पटक पीडितहरु आक्रोशित बन्दै जादा परिस्थिति गम्भीर हुन लागेको अवस्थामा नेपाली दूतावास अबुधाबीले विसयवस्तुलाई टेक ओभर गरेर पीडित नेपालीहरुको पक्षमा सकारात्मक काम गरेको पत्रकार मेघराज सापकोटाले प्रतिक्रिया दिए। उनीहरु अक्टोबर ११, आइतबारको नेपाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किसकेका छन् ।

 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...