News Portal

खोटाङ जिल्लाका हाटबजारमा रहेका चित्रा विस्थापित, ट्रष्टले हाटबजार व्याबस्थित हुदै (फोटो फिचर)

हिमालीसंचार संवाददाता
९५६ पटक

खोटाङ – खोटाङ जिल्लाका विभिन्न हाटबजारहरुमा रहेका चित्रा छानो बिस्तापित गरेर नया हाटबजार व्याबस्थित गर्दै जिल्लाभरका हाटबजारहरुमा टिनको छानो ट्रस्टले व्यावस्था गर्ने भएको छ।

प्रदेश नं. १ का सभासद राजन राईका अनुसार ट्रस्ट निर्माण गर्नका लागि जिल्ला विभिन्न हाटबजारहरुको स्वरुप परिवर्तन हुदै गरेको जानकारी दिएका छन्। सभासद राईले “उहिले पुर्खाका पालाबाट नुनतेलको जोहो गरिने खोटाङ निर्वाचन क्षेत्र १ (क) अन्तर्गत बाक्सिला, ऐसेलुखर्क, फेदि, दिक्तेल, अर्खौले, बुईपा पन्चरदोबाटो आदि हाटहरुमा अधिकाशमा ट्रष्ट निर्माण कार्य भईरहेको र केहीमा बाँकी रहेको बताए। 

राईका अनुसार दिक्तेलबजार अबस्थित ट्रस्ट संसदीय र स्थानीय निर्वाचन हुनु भन्दा पहिले नै बनेको थियो। बाँकी स्थानका ट्रस्टहरु तीन तहको निर्वाचन पछि बनेका हुन। बुईपा पन्चरदोबाटोको सुन्दर ट्रस्ट स्थानीय तहको निर्वाचन लगतै दिरुम नगरपालिकाले निर्माण भएको हो।

अर्खौले बजारको ट्रस्ट हलेसी तुवाचुङ नगरपालिकाद्वारा निर्माण गरेको राईले बताए। ती बाहेक बाक्सिला, ऐसेलुखर्क, शुक्रवारे आदि स्थानका हाटहरु स्थानीय तहसँग समन्वयात्मक सहकार्यबाट प्रदेश सरकारको तर्फबाट निर्माण गरिएको छ। कतिपय स्थानमा स्तर उन्नतिका काम भईरहेको राईले जानकारी दिए। 

सभासद राईका अनुसार “अब पुराना चित्राको छाप्रोहरुलाई बिस्थापित गरेर ट्रष्ट निर्माण गर्न, आफ्नै निर्वाचन क्षेत्रको केपिलासगढी अबस्थित सनिवारेमा मात्र रहेको र यसलाई आगामी वर्ष पुरा गर्ने सभासद राईले बताए। 

सभासद राईले “भोलीका पुस्ताले ठुल्ठुला सपिङ मल, डिपार्टमेन्टल स्टोर्स र मार्टहरु निर्माण गर्ने कुरामा कुनै शंका छैन, हामी सधै आशावादी रहनु पर्छ। आधुनिकीकरणका लागि प्रारम्भ भएको छ। 

राईले थप भन्छन् “हाम्रो मुलुकको साधन श्रोतले अहिलेका लागि यो उपलब्धिलाई रक्षा गर्नु पर्छ।” राईले जिल्लाका विभिन्न पालिकाहरुमा पुगेका समयमा निर्माणका सन्दर्भमा केही स्थानका स्थानीयका गुनासाहरु रहेको स्वीकार गर्दै, त्यस्ता गुनासा, सल्लाह र सुझावप्रति गम्भीर भएको समेत बताए।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...