News Portal

खोटाङ जिल्लाका हाटबजारमा रहेका चित्रा विस्थापित, ट्रष्टले हाटबजार व्याबस्थित हुदै (फोटो फिचर)

हिमालीसंचार संवाददाता
१०६४ पटक

खोटाङ – खोटाङ जिल्लाका विभिन्न हाटबजारहरुमा रहेका चित्रा छानो बिस्तापित गरेर नया हाटबजार व्याबस्थित गर्दै जिल्लाभरका हाटबजारहरुमा टिनको छानो ट्रस्टले व्यावस्था गर्ने भएको छ।

प्रदेश नं. १ का सभासद राजन राईका अनुसार ट्रस्ट निर्माण गर्नका लागि जिल्ला विभिन्न हाटबजारहरुको स्वरुप परिवर्तन हुदै गरेको जानकारी दिएका छन्। सभासद राईले “उहिले पुर्खाका पालाबाट नुनतेलको जोहो गरिने खोटाङ निर्वाचन क्षेत्र १ (क) अन्तर्गत बाक्सिला, ऐसेलुखर्क, फेदि, दिक्तेल, अर्खौले, बुईपा पन्चरदोबाटो आदि हाटहरुमा अधिकाशमा ट्रष्ट निर्माण कार्य भईरहेको र केहीमा बाँकी रहेको बताए। 

राईका अनुसार दिक्तेलबजार अबस्थित ट्रस्ट संसदीय र स्थानीय निर्वाचन हुनु भन्दा पहिले नै बनेको थियो। बाँकी स्थानका ट्रस्टहरु तीन तहको निर्वाचन पछि बनेका हुन। बुईपा पन्चरदोबाटोको सुन्दर ट्रस्ट स्थानीय तहको निर्वाचन लगतै दिरुम नगरपालिकाले निर्माण भएको हो।

अर्खौले बजारको ट्रस्ट हलेसी तुवाचुङ नगरपालिकाद्वारा निर्माण गरेको राईले बताए। ती बाहेक बाक्सिला, ऐसेलुखर्क, शुक्रवारे आदि स्थानका हाटहरु स्थानीय तहसँग समन्वयात्मक सहकार्यबाट प्रदेश सरकारको तर्फबाट निर्माण गरिएको छ। कतिपय स्थानमा स्तर उन्नतिका काम भईरहेको राईले जानकारी दिए। 

सभासद राईका अनुसार “अब पुराना चित्राको छाप्रोहरुलाई बिस्थापित गरेर ट्रष्ट निर्माण गर्न, आफ्नै निर्वाचन क्षेत्रको केपिलासगढी अबस्थित सनिवारेमा मात्र रहेको र यसलाई आगामी वर्ष पुरा गर्ने सभासद राईले बताए। 

सभासद राईले “भोलीका पुस्ताले ठुल्ठुला सपिङ मल, डिपार्टमेन्टल स्टोर्स र मार्टहरु निर्माण गर्ने कुरामा कुनै शंका छैन, हामी सधै आशावादी रहनु पर्छ। आधुनिकीकरणका लागि प्रारम्भ भएको छ। 

राईले थप भन्छन् “हाम्रो मुलुकको साधन श्रोतले अहिलेका लागि यो उपलब्धिलाई रक्षा गर्नु पर्छ।” राईले जिल्लाका विभिन्न पालिकाहरुमा पुगेका समयमा निर्माणका सन्दर्भमा केही स्थानका स्थानीयका गुनासाहरु रहेको स्वीकार गर्दै, त्यस्ता गुनासा, सल्लाह र सुझावप्रति गम्भीर भएको समेत बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...