News Portal

हिमाल रेमिट र अल फरदान एक्सचेञ्जद्वारा ६ लाख रुपैयाँको आकर्षक दशै-तिहार योजना सार्वजनिक

हिमालीसंचार संवाददाता
७२९ पटक

रामप्रसाद ढुंगेल/युएई – युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिट’ले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशीको आकर्षक उपहार योजना घोषणा गरेको छ ।

 युएईभरी ६० भन्दा बढी शाखा भएको अल फरदान एक्सचेञ्ज र  हिमाल रेमिटमार्फत नेपाल पैसा पठाउने जो कोही नेपाली ग्राहकहरुले यो योजनामा सहभागी बन्न सकिने हिमाल रेमिटका प्रतिनिधि गोकुल ज्ञवालीले जानकारी दिएका छन् ।

अक्टोबर १ देखि लागू भएको यो योजना अन्तर्गत तीन जनाले  जम्मा ६ लाख रुपैयाँ पाउनेछन् । नोभेम्बर १४ सम्म चल्ने यो योजनाको बम्पर पुरस्कार  ६ लाख रुपैयाँको रहेको र यी पुरस्कार प्राप्त गर्न अल फरदान एक्सचेञ्जबाट नेपालमा हिमालय बैंक अथवा हिमाल रेमिटका आधिकारिक एजेन्टमार्फत नेपालमा आफन्तले पैसा निकाल्न सक्नेगरी युएईबाट रेमिट्यान्स गर्नुपर्ने अल फरदान एक्सचेञ्ज विभाग हेर्ने हिमायन बैंकका युएई प्रतिनिधि ज्ञवालीले बताएका छन् ।

उक्त योजना ६ लाख रुपैयाँको बम्पर पुरस्कारका साथै यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइसकुकरहरु लगायतका इलेक्ट्रोनिक सामाग्रीहरु पनि उपहारस्वरूप प्रदान गरिने रेमिटले जनाएको छ ।

यस योजनामा भाग लिई यसपालिको दशै-तिहार र छठलाई उत्सवमय साथै उपहारमय बनाउनका लागि युएईमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी तथा दाजुभाईहरुले युएइको अल फरदान एक्सचेन्ज (Al Fardan Exchange ) मार्फत हिमाल रेमिटबाट पैसा पठाउन हिमालय बैंकले ग्राहक समक्ष विशेष आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...