News Portal

सुनसरीका मृगौला पिडित दुर्गा देवकोटालाई जनसम्पर्क समिति बेलायतद्धारा आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
५५९ पटक

लण्डन – नेपाली जनसम्पर्क समिति बेलायतले तरुणदल सुनसरीका पुर्ब अध्यक्ष दुर्गा देवकोटालाई १ लाख ९० हजार आर्थिक सहयोग गरेको छ। नेपाल तरुणदल सुनसरीका ज़िल्ला सभापति सिजन गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङलाई तरुणदल सुनसरीका पुर्बअध्यक्ष दुर्गा देवकोटाको दुवै मृगौल फेल भएको जानकारी दिए लगत्तै बेलायतमा बसोबास गर्नु हूने साथीहरु तथा नेपाली दाज़ुभाई तथा दीदी बहिनीहरुबाट सो रकम संकलन गरि सहयोग गरेको जानकारी दिए।

देबकोटाले ५ महिनादेखी हप्तामा तीन पटक नियमित रूपमा डायलसीस गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर हुँदा डायलसीस गर्न सकेका थिएनन्। सभापति गुरुङले आफै २० हजार सहयोग गर्दै सो अभियान शुरु गरेका थिए।

सामाजिक कार्यमा सधै अग्रसर हुने जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले यसअघि पनि कोभिड-१९ प्रभावितको लागि ठुलै रकम सहयोग गरिसकेका छन्। यस अगाडी नेपाली जनसम्पर्क समिति बेलायतले चितवनको चेपागं बस्तीका करिव ५ सय घरधुरीलाई जनसम्पर्क समितिले खाद्यान्न सहयोग वितरण गरेको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...