News Portal

सुनसरीका मृगौला पिडित दुर्गा देवकोटालाई जनसम्पर्क समिति बेलायतद्धारा आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
५०७ पटक

लण्डन – नेपाली जनसम्पर्क समिति बेलायतले तरुणदल सुनसरीका पुर्ब अध्यक्ष दुर्गा देवकोटालाई १ लाख ९० हजार आर्थिक सहयोग गरेको छ। नेपाल तरुणदल सुनसरीका ज़िल्ला सभापति सिजन गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङलाई तरुणदल सुनसरीका पुर्बअध्यक्ष दुर्गा देवकोटाको दुवै मृगौल फेल भएको जानकारी दिए लगत्तै बेलायतमा बसोबास गर्नु हूने साथीहरु तथा नेपाली दाज़ुभाई तथा दीदी बहिनीहरुबाट सो रकम संकलन गरि सहयोग गरेको जानकारी दिए।

देबकोटाले ५ महिनादेखी हप्तामा तीन पटक नियमित रूपमा डायलसीस गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर हुँदा डायलसीस गर्न सकेका थिएनन्। सभापति गुरुङले आफै २० हजार सहयोग गर्दै सो अभियान शुरु गरेका थिए।

सामाजिक कार्यमा सधै अग्रसर हुने जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले यसअघि पनि कोभिड-१९ प्रभावितको लागि ठुलै रकम सहयोग गरिसकेका छन्। यस अगाडी नेपाली जनसम्पर्क समिति बेलायतले चितवनको चेपागं बस्तीका करिव ५ सय घरधुरीलाई जनसम्पर्क समितिले खाद्यान्न सहयोग वितरण गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...