News Portal

नेपाली सहयोगी हातहरु मकाउले आफ्ना सदस्यहरुको सामूहिक जन्मोत्सव यसरी मनायो

नेपाली सहयोगी हातहरु मकाउको लोकप्रियता बढ्दो डाक्टरदेखि वकिल सम्मको सहभागिता

हिमालीसंचार संवाददाता
५६१ पटक

मकाउ – मकाउमा नेपाली सहयोगी हातहरु मकाउले स्थापनाकालदेखि मकाउमा रहेका नेपाली समुदायवीच विभिन्न कार्यक्रम आयोजना गरेर आफ्ना सदस्यता विस्तार गरीरहेको यस संस्थाले आवश्यकता अनुसार प्रभावकारी समाजिक कार्यक्रम आयोजना गरिरहेका कारण नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको समेत सहभागिता रहेको कारण मकाउमा नेपाली सहयोगी हातहरु मकाउको लोकप्रियता बढ्दो रहेको छ।

नेपाली सहयोगी हातहरु मकाउले हिजो एक कार्यक्रमको आयोजना गरी संस्थामा आबद्ध आफ्ना सदस्यहरुको जन्मदिनको अबसरमा सामूहिक जन्मोत्सव मनाएका छन् । आयोजित कार्यक्रममा सामूहिक रुपमा जन्मदिनको शुभकामना आदान-प्रदान गरेर जन्मदिन मनाएका हुन्। 

आयोजित एक कार्यक्रमको अबसरमा डाक्टर सन्दीप बस्नेत सहित ४ जना सदस्यले नेपाली सहयोगी हातहरु मकाउको सदस्यता ग्रहण गरेका छन् । मकाउका स्थानीय वकिल समेत विशेष सल्लाकारको रुपमा रहेको यस संस्थामा डाक्टर बस्नेतको सहभागिता महत्वपूर्ण रहेको संस्थाका संयोजक निर्मला थापा मगरले हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन्। 

नेपाली सहयोगी हातहरु मकाउले आगामी ओक्टुबर ४ तारिख आइतबार पैदल यात्राको कार्यक्रम आयोजना गरेको संस्थाका निर्देशक उदय वाग्लेले जानकारी सहित मकाउमा रहनु हुने नेपाली समुदायमा सहभागिताको लागि हार्दिक अनुरोध समेत गरेका छन्। 

आयोजित कार्यक्रम नेपाली रेष्टुरेन्ट ८४८८ जन्मोत्सवको कार्यक्रम मकाउमा आयोजना गरिएको हो। आयोजित कार्यक्रम संस्थाका संयोजक निर्मला थापा मगरले संचालन गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...