News Portal

नेपाली सहयोगी हातहरु मकाउले आफ्ना सदस्यहरुको सामूहिक जन्मोत्सव यसरी मनायो

नेपाली सहयोगी हातहरु मकाउको लोकप्रियता बढ्दो डाक्टरदेखि वकिल सम्मको सहभागिता

हिमालीसंचार संवाददाता
६२० पटक

मकाउ – मकाउमा नेपाली सहयोगी हातहरु मकाउले स्थापनाकालदेखि मकाउमा रहेका नेपाली समुदायवीच विभिन्न कार्यक्रम आयोजना गरेर आफ्ना सदस्यता विस्तार गरीरहेको यस संस्थाले आवश्यकता अनुसार प्रभावकारी समाजिक कार्यक्रम आयोजना गरिरहेका कारण नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको समेत सहभागिता रहेको कारण मकाउमा नेपाली सहयोगी हातहरु मकाउको लोकप्रियता बढ्दो रहेको छ।

नेपाली सहयोगी हातहरु मकाउले हिजो एक कार्यक्रमको आयोजना गरी संस्थामा आबद्ध आफ्ना सदस्यहरुको जन्मदिनको अबसरमा सामूहिक जन्मोत्सव मनाएका छन् । आयोजित कार्यक्रममा सामूहिक रुपमा जन्मदिनको शुभकामना आदान-प्रदान गरेर जन्मदिन मनाएका हुन्। 

आयोजित एक कार्यक्रमको अबसरमा डाक्टर सन्दीप बस्नेत सहित ४ जना सदस्यले नेपाली सहयोगी हातहरु मकाउको सदस्यता ग्रहण गरेका छन् । मकाउका स्थानीय वकिल समेत विशेष सल्लाकारको रुपमा रहेको यस संस्थामा डाक्टर बस्नेतको सहभागिता महत्वपूर्ण रहेको संस्थाका संयोजक निर्मला थापा मगरले हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन्। 

नेपाली सहयोगी हातहरु मकाउले आगामी ओक्टुबर ४ तारिख आइतबार पैदल यात्राको कार्यक्रम आयोजना गरेको संस्थाका निर्देशक उदय वाग्लेले जानकारी सहित मकाउमा रहनु हुने नेपाली समुदायमा सहभागिताको लागि हार्दिक अनुरोध समेत गरेका छन्। 

आयोजित कार्यक्रम नेपाली रेष्टुरेन्ट ८४८८ जन्मोत्सवको कार्यक्रम मकाउमा आयोजना गरिएको हो। आयोजित कार्यक्रम संस्थाका संयोजक निर्मला थापा मगरले संचालन गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...