News Portal

“देखाऔ प्रतिभा खुलेर, जितौ पुरस्कार आएमइ संगै मिलेर” कमल र इन्द्र विजयी

हिमाली संचार संवाददाता
४८७ पटक

रामप्रसाद ढुंगेल, युएइ – नेपालको विस्वासिलो एक नम्बर रेमिट्यान्स कम्पनीको युएई शाखाले आयोजना गरेको खुल्ला भिडियाे प्रतियोगितामा झापाका कमल तामाङ र सर्लाहीका इन्द्र सेन्चुरी क्रमशः प्रथम र द्वितीय भएका छन् ।

“देखाऔं प्रतिभा खुलेर ,जितौं पुरस्कार आइ एम ई सँग मिलेर”  भन्ने मुल नाराका साथमा गत अगस्ट १५ देखि सेप्टेम्बर  र १५ सम्म आयोजित प्रतियोगितामा दर्शकहरुको भ्युज, लाइक, कमेन्ट र सेयरको आधारमा कमलले प्रथम पुरस्कार स्वरूप ६ सय दिराम अर्थात नेपाली रुपैयाँ १८ हजार ५ सय पाएका छन् भने दोस्रो हुने इन्द्र परियारले ४ सय दिराम अर्थात १२ हजार ५ सय रुपैयाँ पाउन सफल भएका छन् ।  

प्रतियोगितामा युएईका सातै इमिरेटसबाट प्राप्त सयौ भिडियो मध्य २७ भिडियोलाई छनोट गरी प्रतियोगितामा समाबेस गराइएको थियो । प्रतियोगीहरुले सो प्रतियोगितमा आइएमईको सेवासुबिधा, जानकारी, आइएमई सम्बन्धी आफ्नो अनुभव तथा आइएमईलाई विसयबस्तु बनाएर गीत, मुक्तक, गजल, कविता, अभिनय सृजना , रचना तथा टिक टक भिडियोहरु प्रतियोगितामा सहभागी जनाएका थिए ।प्रतियोगितामा बढी भन्दा बढी हेरिएको तथा रुचाइएको अधार मानी २ बिजेता घोसणा गरिएको आइएमईका युएई अधिकृत ईस्वर अधिकारीले जानकारी दिएका छन् ।  

 युएईका अधिक नेपालीहरुको रेमिट्यान्स सहयोगी आइएमई कोरोनाको कहरमा पनि सिर्जनात्मक कामका कारण युएईको नेपाली समुदायमा लोकप्रिय रहेको अल अन्सारी एक्सचेञ्जमा कार्यरत अडिटर खगेन्द्र कटवालले प्रतिक्रिया दिएका छन् । आइएमई भरपर्दो, विस्वासिलो तथा छिटो छरितो रहेको यसका उपभोक्ता डिजी शर्माले बताएका छन् । 

युएईका धेरै नेपालीहरुको रोजाईको पैसा पठाउने माध्यम आइएमई रहेको र देशका ससाना गाउँसम्म आफ्नो नेटवर्क भएका कारण आफू कार्यरत एक्सचेञ्जबाट अधिक नेपालीले आइएमई नै गर्ने गरेको अनुभव अल अहालिया एक्सचेञ्ज युएईका नेपाल कोरिडाेर म्यानेजर बेनीमाधव ढकालले जानकारी दिएका छन् । उनले यो रचनात्मक प्रतियोगिताले आइएमईप्रतिको विस्वास र माया झल्किएको बताए ।

आइएमईले आफ्नो मोबाइल एप्स मार्फत विदेसबाट रेमिट गरेको रकम घरघर सम्म पुराउन र धरमै बसी पैसा प्राप्त गर्न आइएमई मोबाईल वालेट खाता डाउन्लोड गरी गर्न सकिने आइएमईका  युएई प्रमुख उत्तम बस्नेतले बताएका छन् । आफ्नो मोबाइलबाट नेपालको विजुलीको  बिल तिर्न सकिने, रकम आदानप्रदान गर्न सकिने लगायतका दैनिक उपभोगका धेरै काम गर्न अब आइएमई नेपाली जनजीवनको अभिन्न हिस्सा बन्न  लागेको बस्नेतले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...