News Portal

मुख्यमन्त्रीमा पुनः यामलाल कडेलको चर्चा

गणेश विशु
६८७ पटक
२०७७ भदौ ११, बिहीबार

सुर्खेतका पुराना मानिने पत्रकार चिन्तामणि शर्माले कर्णाली प्रदेश सरकार परिवर्तन हुन लागेको संकेतसहित एउटा सामग्री फेसबुकमा राखेका छन्। त्यसमा ‘सुर्खेती जनताले रोजेको, कर्णालीले खोजेको।

क. यामलाल कँडेललाई मुख्यमन्त्री होइन, मुख्यमन्त्री पदलाई यामलाल कँडेल चाहिएको छ’ भनेर लेखिएको छ। अर्का पत्रकार शेरबहादुर थापाले सामाजिक सञ्जालमै कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेल हुने पक्का भएको भन्दै बधाइ दिइसके। यति मात्र होइन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही परिवर्तन हुने कुरा पुनः एकपटक बहसको विषय बनेको छ।

यो बहस पहिलोपटक भने होइन। बेलाबेला मुख्यमन्त्री फेरबदल हुने कुरा चर्चामा आइरहन्छ। प्रतिपक्षले भने होइन, सत्ता पक्षकै सांसद सत्ता परिवर्तनका लागि असफल प्रयास गर्दै आएका छन्। जबजब मुख्यमन्त्री फेर्ने कुरा चल्छ, तबतब नेकपाका नेता कँडेलको नाम जोडिन्छ। एक किसिमले भन्ने हो भने उनी फेसबुकको भित्तामा मुख्यमन्त्री पटकपटक बने। सत्ता निर्माणका बेला होस् या सत्ता निर्माण भइसकेपछि किन नहोस्, उनको नाम मुख्यमन्त्रीको पदसँग जोडिरहन्छ। जसका कारणले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र यामलाल कँडेलको सम्बन्ध समधुर बन्न सकेन।

कँडेल आफैँले भने सरकारको नेतृत्व गर्ने विषयमा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा व्यक्त गर्दैनन्। उनी पक्षीय पत्रकार र केही कार्यकर्ताले पटकपटक कँडेललाई फेसबुके मुख्यमन्त्री बनाउँछन्। एकपटक यही विषयमा मूलधारको एउटा पत्रिकामा समाचारसमेत बनेको थियो। फेसबुकमै भए पनि मुख्यमन्त्रीको स्वाद चाखेका कँडेल यसपालि मुख्यमन्त्री बन्लान् वा पहिलाको जस्तै बलिको बोका बन्लान यो विषय चाखलाग्दो छ।

यतिबेला अलि सम्भावना नजिक कँडेल पुगेका छन्। उनी आफैँले मुख्यमन्त्रीलाई फालेरभन्दा पनि राष्ट्रिय सहमतिको जोडघटाउमा उनले मुख मिठ्याएका छन् तर, फेसबुकमा मात्र मुख मिठो बनाएका उनले केन्द्रीय तहमै केही प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने सहमति भए फेसबुकभन्दा माथि आएर साँच्चिकै मुख्यमन्त्री बन्ने छन् तर, उनलाई सहज छैन।

तत्कालीन नेकपा एमालेका कँडेल प्रदेश सरकार परिवर्तन भए कर्णालीको मुख्यमन्त्री तत्कालीन नेकपा एमालेको कोठामा पार्न प्रयारत छन्। यदि त्यसो भयो भने कँडेलले यसपालि केही फट्को मार्ने छन्। यदी तत्कालीन नेकपा माओवादीकै कोठामा पर्यो भने उनी पुनः एकपटक फेसबुके मुख्यमन्त्री बन्ने छन्।

सत्ताप्रतिको बढ्दो मोह यामलालका लागि कसी बनिरहेको छ। केन्द्रीय मन्त्री भइसकेका कँडेलले चाहेर पनि कर्णालीको सत्ता परिवर्तन गर्न सकेनन्। सत्ता परिवर्तन हुन लाग्यो, अब यामलाल मुख्यमन्त्री हुनुहुन्छ भन्दै उनकै कार्यकर्ता र उनलाई समर्थन गर्ने केही पत्रकार फेसबुकभरि छाएका थिए, अहिले पनि उसै गरी छाइरहेका छन्। त्यस्तो देख्दा यामलालले असफल प्रयास गरे भनेर सहजै भन्न सकिन्छ। यदि प्रयास नभएको भए कार्यकर्ता फेसबुकमा उनलाई मुख्यमन्त्री कहाँ बनाउँथ्ये होला।

मुख्यमन्त्री शाहीलाई एकोहोरो काम गर्न सकेनन् भनेर मात्र आरोप लगाइयो। यही छडीलाई समातेर कर्णालीमा सत्ता परिवर्तनको हावा लागिरह्यो। मुख्यमन्त्रीले जनअपेक्षाअनुसार काम गर्न नसकै हुन्। प्रदेश राजधानीकै मुहार फेरिन सकेको छैन भने दुर्गमका गाउँको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ तर, काम गर्न उनले किन सकेनन् त्यो महत्वपूर्ण विषय हो।

कर्णाली प्रदेश सरकारले प्रतिपक्ष खुबै सहयोगी पाएको छ। प्रतिपक्ष भन्दा सत्ता पक्षकै एक समूहबाट उनलाई काम गर्ने वातावरण सिर्जना भएन। यो मैले भनेको होइन, पटकपटक सरकारका मुख्यमन्त्री, मन्त्रीहरू आफैँ भन्दै आएका छन्। केही उनी आफैँमा कमजोरी पनि होलान्।

अब फेसबुकमा पटकपटक मुख्यमन्त्री बनेका कँडेल धेरै आशा गरिएका मध्ये कै नेता हुन्। उनको अस्त्र सही ठाउँमा लाग्यो वा केन्द्रीय राजनीतिक प्रभाव रह्यो भने यसपालि कँडेल फेसबुकमा मात्र होइन, कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बन्ने छन्।

यसको प्रयासका लागि उनी केन्द्रीय नेतृत्व रिजाउन काठमाडौं छन् तर, यहाँ बच्चा जन्मने कहिले, भोटो सिलाउने अहिले जस्तै भएको छ। उनी मुख्यमन्त्री बनिसकेका छैनन् तर बधाइ आइसक्यो तर, जसरी उनी निकट पत्रकार र कार्यकर्ता सामाजिक सञ्जालमा छाइरहेका छन् यसले कँडेललाई नै घाटा भएको छ। कँडेलले गरेका प्रयास उनीहरूले बाहिर ल्याइदिन्छन् र अर्काे पक्षले उनको प्रयास तुहाइदिन्छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...