News Portal

हङकङमा आज थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि, दैनिक १ सय नाधेको ११ औ दिन

हिमाली संचार संवाददाता
४८७ पटक
२०७७ साउन १७, शनिवार

युवा राई, हङकङ। हङकङमा शनिवार थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२४ स्थानीय र १ जना आयातित गरी १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,३९८ पुगेको छ।

हङकङमा ७९ स्थानीय अघिल्ला केसहरूसंग जोडिएका छन् भने ४५ जनाको संक्रमणको स्रोत खुल्न सकेको छैन। आयातित केसमा बेलायतबाट हङकङ फर्केका एक जना रहेका छन्। आज सम्म लगातार कोरोना संक्रमितको संख्या १ सय नाघेको यो ११ औं दिन हो।

हङकङमा शनिवार कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । ८६ वर्षीय पुरुषको क्वीन मेरी अस्पतालमा, ७९ वर्षीया महिलाको पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालमा, ७९ वर्षीय पुरुषको क्वीन एलिजाबेथ अस्पतालमा र ८९ वर्षीया महिलाको चुन मुन अस्पतालमा मृत्यु भएको अस्पताल अथोरिटीले जनाएको छ।

१,८५८ जना कोरोनाका विरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१७९ जनाको उपचार भइरहेको छ। ३७ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...