News Portal

हङकङमा आज थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि, दैनिक १ सय नाधेको ११ औ दिन

हिमाली संचार संवाददाता
४२२ पटक
२०७७ साउन १७, शनिवार

युवा राई, हङकङ। हङकङमा शनिवार थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२४ स्थानीय र १ जना आयातित गरी १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,३९८ पुगेको छ।

हङकङमा ७९ स्थानीय अघिल्ला केसहरूसंग जोडिएका छन् भने ४५ जनाको संक्रमणको स्रोत खुल्न सकेको छैन। आयातित केसमा बेलायतबाट हङकङ फर्केका एक जना रहेका छन्। आज सम्म लगातार कोरोना संक्रमितको संख्या १ सय नाघेको यो ११ औं दिन हो।

हङकङमा शनिवार कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । ८६ वर्षीय पुरुषको क्वीन मेरी अस्पतालमा, ७९ वर्षीया महिलाको पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालमा, ७९ वर्षीय पुरुषको क्वीन एलिजाबेथ अस्पतालमा र ८९ वर्षीया महिलाको चुन मुन अस्पतालमा मृत्यु भएको अस्पताल अथोरिटीले जनाएको छ।

१,८५८ जना कोरोनाका विरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१७९ जनाको उपचार भइरहेको छ। ३७ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...