News Portal

हङकङमा आज थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
४९४ पटक
२०७७ साउन १६, शुक्रवार

युवा राई, हङकङ । हङकङमा शुक्रवार थप १२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ११८ स्थानीय र ३ जना आयातित गरी १२१ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन्। हाल सम्म ङकङमा कोरोना संक्रमितको संख्या ३,२७३ पुगेको छ।

हङकङमा ६२ स्थानीय पुराना केसहरूसंग जोडिएका छन् भने बाँकीको संक्रमणको स्रोत खुल्न सकेको छैन। आयातित केसहरूमा भारतबाट आएका पानीजहाजका एक कर्मचारी, फिलिपिन्सबाट आएका घरेलु सहयोगी र मेक्सिकोबाट आएका एक व्यापारी रहेका छन् ।

हङकङमा कोरोनाबाट आज सम्म २७ जनाको ज्यान गएको छ। १,७५१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१८७ जनाको उपचार भइरहेको छ। ४३ जना कोरोना सङ्क्रमित विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा लगातार कोरोना संक्रमितको संख्या निरन्तर १ सय भन्दा धेरै संख्या यो आज १० औं दिन हो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...